Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

Main News Image
Kakani Khabar add

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ ।


बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन साहले जानकारी दिनुभएको छ ।


बोर्डले हिजो  सूचना निकालेर  प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सह भुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो ।


बीमा अन्तर्गत बहिरङ्ग सेवा  वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा ’क्यापिङ हटाउने’ निर्णय भएको छ । संकटको घडीमा बिरामीको उपचार खर्च तोकिएको सीमाभन्दा बढी भए पनि बीमाबाटै कभर हुने र बिरामीले थप रकम बुझाउनु नपर्ने गरि तोकिएको सीमालाई अस्थायी रूपमा हटाइदिएको हो ।


परिचयपत्र नभएका बीमितको हकमा सम्बन्धित स्वास्थ्य संस्थाले आईएमआईएस–यूजर प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ ।


भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको बाढीका कारण प्रभावित  भएका जिल्लालाई सरकारले बाढी संकटग्रस्त घोषणा गरेको थियो ।  विपद्को यस अवस्थामा नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बीमा बोर्डले यो निर्णय गरेको हो ।

Kakani Khabar add

सम्बन्धित खबर

पिमलडाँडा माविका शिक्षक-विद्यार्थीलाई दुई दिने सेल्फ डिफेन्स तालिम

नुवाकोेट । तारकेश्वर गाउँपालिकाको प्रवर्धनमा नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) ले वडा नम्बर ३ को पिमलडाँडा माविमा सञ्चालन गरेको दुई दिने सेल्फ डिफेन्स तालिम आज सम्पन्न भयो ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अवि...

सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ । 

अवलोकनपश्चात...

संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलायो

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि चैत १९ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व...

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

नुवाकोट । नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ ।


नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थि...

तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नुवाकोट । तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा दाङसिङ रयलछापस्थित गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासकीय भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गर्नुभएको...

‘जनताका निराशा बेचेर स्वार्थको रोटी सेक्नेहरूबाट देश बन्दैन’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। यसै सन्दर्भमा मोरङ क्षेत्र नम्बर ४ यतिबेला निकै चर्चामा छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट उदाएका घिमिरे वैचारिक र प्रखर व...