Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बाढीमा ज्यान गुमाउनेको संख्या ९ सय भन्दा धेरै, ४ हजारभन्दा धेरै सम्पर्कविहीन

Main News Image
Kakani Khabar add

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारीअनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव तथा मानव अंग भेटिएको हो ।


बाढीपछि सम्पर्कविहीन हुनेको संख्या ४ हजार २४७ रहेको छ । सम्पर्कविहीन हुनेमा २५ नेपाल प्रहरी, ४५ नेपाली सेना, १३ सशस्त्र प्रहरी बल नेपाल, १५ जना भन्सार कार्यालयका कर्मचारी, चारजना अध्यागमन कार्यालयका कर्मचारी छन् ।


विभिन्न जलविद्युत् आयोजनमा कार्यरत ९३३, विदेशी ५९२ जना, विदेशीसँगै घुम्न गएका नेपाली १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन कर्मचारी, क्वारेन्टाइन कार्यालयका तीन कर्मचारी पनि सम्पर्कविहीन छन् ।


यस्तै, रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८ र मकवानपुरका ६५ जना पनि सम्पर्कविहीन छन् । प्रभावित क्षेत्रबाट अहिलेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । २६७ घाइतेमध्ये १५६ जना उपचारपछि घर फर्किएका प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा २० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।


बाढीमा बेपत्ता भएका र अलपत्र परेकाहरुको खोजी र उद्धारको काम आज पनि भैरहेको छ । स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनस्र्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । धेरै प्रभावितहरुले राहत नपाएको गुनासो गरेका छन् । यस्तै सरकारले खोजी काममा ढिलाई गरेको भन्दै बेपत्ताका आफन्तहरु आक्रोशित भएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

लिखु गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई सम्पन्न

नुवाकोट । लिखु गाँउपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पादित क्रियाकलाप, नागरिकहरुलाई प्रदान गरिएको सेवा, सुविधा लगायत लिखु गाँउपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा जानकारी दिने र नागरिकहरु...

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो । 


पेट्रोलमा प्रतिल...

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैरकानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीडित श्रमिकलाई सहजरूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ ।


युवा, श्रम तथा र...

आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठ...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...

नुवाकोटमा ४२ सवारीसाधनको प्राविधिक जाँच, दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता

नुवाकोट । सवारीसाधनको खराब अवस्था, समयमै सर्भिसिङ तथा मर्मत–सम्भार नहुँदा हुन सक्ने सवारी दुर्घटना र त्यसबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटमा सवारीसाधनको प्राविधिक जाँच गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको...