Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढी:१३ हजारभन्दा बढीको उद्धार, करिब पाँच हजार जना अझै सम्पर्कविहीन

Main News Image
Kakani Khabar add

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट हालसम्म एक हजार ३५५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानबाट ती शव फेला परेका हुन्।


प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १७७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका छन्। फेला परेका शवमध्ये १८ जनाको सनाखत भइसकेको छैन।


यसैगरी, बाढीपछि करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमध्ये रसुवाबाट करिब एक हजार ६७ जना र नुवाकोटबाट करिब दुई हजार ३४० जना नेपाली नागरिक छन्। सुरक्षाकर्मी तथा कर्मचारी करिब एक सय र विदेशी नागरिक करिब पाँच सय ८९ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।


हालसम्म एक हजार ३४८ जनाको उद्धार गरिएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।


प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा ३२ वटा होल्डिङ सेन्टरमा तीन हजार ४३३ जना रहेका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने मनोसामाजिक परामर्शका लागि समेत जनशक्ति परिचालन गरिएको छ।


बाढी प्रभावित क्षेत्रमा हेलिकोप्टरमार्फत राहत तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ। विद्युत् आपूर्ति, सञ्चार तथा इन्धन व्यवस्थापनमा समेत प्रभावित क्षेत्रको अवस्था सुधार गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।


प्राधिकरणले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई उपलब्ध विवरणका आधारमा खोजी तथा पहिचान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ। साथै, उद्धार तथा राहतसम्बन्धी आधिकारिक सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख जम्मा

काठमाडौँ । रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।


प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले राहत काेषमा आर्थिक सहयोग जुटाइ...

२४ वर्षपछि फ्रान्स र सेनेगल आमनेसामने हुँदै

काठमाडौँ ।  फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दाबेदार फ्रान्स र सेनेगल खेल्दैछन् । समूह ‘आई’ को यो खेल राति पौने १ बजे अमेरिकाको न्यु योर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ ।


फ्रान्सले सन् १९९८ र २०१८ मा गरी दुई पटक...

विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

विदुर, जेठ २५ : नुवाकोटको विदुर नगरपालिकाको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूले निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । विदुर निवासी युव...

आउँदो आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुग्ने

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट ज...

बाढी आएको ११ औँ दिनमा सुरुङबाट एक जनाको जीवितै उद्धार

नुवाकोट । बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।


नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेरअघि मात्रै सुरुङबाट उहाँलाई उद्धार गरेको प्रधानम...

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

काठमाडौँ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर...