Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढीबाट १५ पालिकाका १६ हजारभन्दा बढी घरधुरी प्रभावित

Main News Image
Kakani Khabar add

काठमाडौँ ।  रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको भीषण बाढीका कारण ५ जिल्लाका १५ वटा पालिकामा ठूलो सङ्ख्यामा घरधुरी तथा जनसङ्ख्या प्रभावित भएका छन् ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ पालिका रहेका छन् । बाढीबाट १६ हजार एक सय १० घरधुरीका ६४ हजार तीन सय ३५ जना प्रभावित भएका छन् । प्रत्यक्ष रूपमा बाढीबाट सात हजार पाँच सय ७० घरधुरी प्रभावित भएका छन् ।


प्रभावित जनसङ्ख्यामध्ये १६ हजार सात सय ६९ पुरुष र १६ हजार एक सय ९२ महिला रहेका छन् । रसुवामा चार पालिकाका १६ वटा वडा बाढीबाट प्रभावित भएका छन् । गोसाइँकुण्ड गाउँपालिकाका वडा नम्बर १, २, ३, ५ र ६ प्रभावित भएका छन् ।


यहाँ बाढीका कारण एक हजार तीन सय तीन घर तथा भवनमा क्षति पुगेको छ । ती क्षेत्रमा रहेका एक हजार चार सय ४४ घरधुरीका पाँच हजार सात सय ४३ जना प्रभावित भएका छन् । कालिका गाउँपालिका वडा नम्बर १ प्रभावित भएको छ ।


त्यहाँ एक सय १४ भवनमा क्षति पुगेको छ भने एक सय १९ घरधुरीका चार सय ९१ जना प्रभावित भएका छन् । त्यस्तै, आमाछोदिङ्मो गाउँपालिकाका वडा नम्बर १, २, ४ र ५ प्रभावित भएका छन् । यहाँ ७६ भवनमा क्षति पुगेको छ । 

Kakani Khabar add

सम्बन्धित खबर

किम्ताङमा बाली स्वास्थ्य शिविर, किसानलाई निःशुल्क प्राविधिक परामर्श

नुवाकोट । किसानका खेतबारी तथा कृषि फर्ममा देखिएका रोग, किरा तथा अन्य समस्याको पहिचान गरी समाधानका उपायबारे प्रत्यक्ष प्राविधिक परामर्श दिने उद्देश्यले म्यागङ गाउँपालिका–४ किम्ताङमा एकदिने बाली स्वास्थ्य शिविर तथा बिरुवा जाँच कार्यक्रम सम्पन्न भएको...

बारा घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ

काठमाडौँ । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

...

विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु, ४ हजार भन्दा बढी घटना

काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७  गतेसम्म देशका विभिन्न भागमा चा...

टप एन्ड टी २० सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपालको ए टोली बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग पराजित भएको हो ।


नेपाललाई बंगलादेशले ९ विकेटले पराजित गर्‍यो । नेपालले दि...

बाढीमा ज्यान गुमाउनेको संख्या ९ सय भन्दा धेरै, ४ हजारभन्दा धेरै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारीअनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरख...

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

काठमाडौँ । हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ ।


यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने...