Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार

Main News Image
Kakani Khabar add

नुवाकोट । भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार भएको छ ।


उद्धारकर्मीहरूले एक जनाको घरबाट र एक जनाको जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन् ।


सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको ४ तल्ले घरको चौथो तलाबाट उहाँकी श्रीमती चन्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ ।


इन्सपेक्टर सुमन विकको कमान्डको टोलीले श्रेष्ठको उद्धार गरेको हो । यस्तै दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार भएको छ ।


नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि हिजो अर्थात् बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट २ जनाको जीवितै उद्धार गरिएको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि बजेट विनियोजन

नुवाकोट । गत कार्तिक महिनामा भएको अविरल वर्षाका कारण धानबालीमा क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराउन तारकेश्वर गाउँपालिकाले स्थापना गरेको रु. ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।


गाउँपालिकाको ग...

कलेरीडाँडामा सीप सिकाइ केन्द्र उद्घाटन, आमा समूहलाई चार लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल' ले वडा नम्बर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाको १ लाख पुरस्कार घोषणा

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


गाउँपालिकाले यसै वर्षदेखि लागू हुन...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् । यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् ।


नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवा...

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाडौँ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।


संस्थाका महाप्रबन्धक कै...

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो ।


विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार...