Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३७७ जनाको शव भेटियो

Main News Image
Kakani Khabar add

काठमाडौँ । भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको हो । काठमाण्डाैमा उपचारका क्रममा २ जनाको ज्यान गएको हो ।


प्राधिकरणका अनुसार अझै ५ हजार ९३० जना बेपत्ता छन् । बाढीमा परेर ३३३ जना घाइते भएका छन् भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । अहिलेसम्म १३ हजार ६५६ जनाको उद्धार भएको छ ।


अहिले नुवाकोटका होल्डिङ सेन्टरमा २ हजार ६१५ जना, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन् । होल्डिङ सेन्टरमा खान बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

शान्ति बजारमा आगलागी, करीब ७० लाख रुपैयाँको धनसम्पत्ति क्षति

नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती लागेको आगलागीले करीब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । सोमबार राती करीब १० बजेको समयमा विपना घलेको घरमा आगलागी हुदाँ उहाँले सञ्चालन गर्दै आएको पसलमा रहेका सरसामाग्री...

आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा अर्किड एकेडेमी उत्कृष्ट

बट्टार । नुवाकोटबाट प्रकाशित सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आायेजना र शुभेनियर बोर्डिङ स्कुलको सह–आयोजनामा शनिबार नुवाकोटको बट्टारमा सम्पन्न आठौँ अन्तरविद्यालय खुला लोकनृत्य प्रतियोगितामा समूहगत नृत्य प्रतियोगितामा अर्किड एकेडेमी बट्टार र एक...

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौँ । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।


प्रहरीले...

दोलखाको यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिए

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिएका छन् । आधार शिविरमा हिजो शव भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कात्तिक...

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।


मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएक...

विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु, ४ हजार भन्दा बढी घटना

काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७  गतेसम्म देशका विभिन्न भागमा चा...