Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बेलकोटगढीको सबै वडा पूर्ण खोप सुनिश्चित, पालिका घोषणाको तयारी

Main News Image
Kakani Khabar add

बाघखोर । बेलकोटगढी नगरपालिकाको सबै वडा पूर्ण खोप सुनिश्चित भएका छन् । नगरपालिकाले सोमबार आयोजित कार्यक्रममा नगरमा रहेका सबै १३ वटै वडालाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।

नगरपालिकाअन्तर्गत सम्बन्धित स्वास्थ्य संस्थामार्फत जन्मेदेखि १५ महिनाभित्रका ३६५ जना बालबालिकाले नियमित खोप सेवा लिइरहेको र १६ देखि २३ महिनासम्मका ३४८ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी वडा खोप समन्वय समितिबाट सिफारिस भएपछि वडाहरूलाई पूर्ण खोप सुनिश्चित रहेको नगरप्रमुख जगतबहादुर गुरुङले घोषणा गर्नुभयो ।

बेलकोटगढी नगरपालिकास्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा नगरप्रमुख जगतबहादुर गुरुङले वडाहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा खोप अभियान प्रभावकारी बनेको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख शिवप्रसाद दाहाल, स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाह, विभिन्न वडाध्यक्षहरू, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहका अनुसार अब बेलकोटगढी पालिकालाई नै पूर्ण खोप सुनिश्चिततारहेको प्रमाणिकरणका लागि जिल्ला खोप समन्वय समितिमा पनि सिफारिस गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

आज र भोलि मुसलधारे वर्षाको सम्भावना

काठमाडौँ । आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेको र...

सिभिल अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । काठमाण्डौको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ९१ लाख २४ हजार ५४७ रुपैयाँ बिगो मा...

विदुर–५ मा सुविधासम्पन्न तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुख श्रेष्ठद्वारा शिलान्यास

नुवाकोट । विदुर नगरपालिका–५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको सुविधासम्पन्न तरकारी संकलन केन्द्रको नगरप्रमुख राजन श्रेष्ठले शिलान्यास गर्नुभएको छ। स्थानीय कृषकको उत्पादनलाई व्यवस्थित रूपमा संकलन, भण्डारण तथा बजारसम्म सहज रूपमा पु-याउने...

कांग्रेसको १५औँ महाधिवेशनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिए

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी शुरू गरेको छ । आजदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।


पार्टी केन्...

बागमती प्रदेशमा करिब १३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्ष बागमती प्रदेशमा हालसम्म करिब १३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।


प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार कूल १ लाख १४ हजार ५२९ दशमलव...

संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। 


कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते...