Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बेलकोटगढीमा युवा लक्षित कार्यक्रम प्राथमिकतामा, २५ जना युवालाई बारिष्ता तालिम

Main News Image
Kakani Khabar add

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘युवा लक्षित कार्यक्रम’लाई प्राथमिकता दिँदै सिपमूलक तालिम सञ्चालनमा ल्याएको छ । युवालाई शिक्षासँगै व्यवहारिक सिप प्रदान गरी उद्यमशीलतामा जोड दिने उद्देश्यले नगरपालिकाले पहिलो चरणमा २५ जना युवालाई सहभागी गराई बारिष्ता तालिम सञ्चालनमा ल्याएको हो ।

शुक्रबार बेलकोटगढी–७ महादेवफाँटमा नगरप्रमुख जगतबहादुर गुरुङले तालिमको उद्घाटन गर्दै युवालाई शिक्षासँगै सिप सिकाई आत्मनिर्भर र उद्यमी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

युवालाई स्थानीयस्तरमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले नगरपालिकाले सिपमूलक तालिमलाई प्राथमिकता दिदै बारिष्ता तालिम मार्फत २५ जना युवाले सिप सिकेर आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “युवालाई सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो मुख्य लक्ष्य हो,” उहाँले भन्नुभयो, “स्थानीय सरकारले युवाको क्षमता विकास गर्ने र उनीहरूलाई आफ्नै ठाउँमा रोजगारी तथा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेका छौ ।”

कार्यक्रममा नगर उपप्रमुख शिवप्रसाद दाहालले युवालाई व्यवहारिक सिप प्रदान गर्ने उद्देश्यले बारिष्ता तालिमसँगै बेकरी आइटम तथा नेपाली खानाका विभिन्न परिकार बनाउन सिकाउने तालिम पनि छिट्टै सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “सिप सिके लगत्तै रोजगारीमा जोडिन तथा आफैले व्यावसाय सुरु गर्न सक्ने बनाउन लागिएको छ ।” उपप्रमुख दाहालले भन्नुभयो “तालिमबाट युवाले व्यवसायिक सीप हासिल गरी स्वरोजगारतर्फ अघि बढ्न सक्ने विश्वास गरिएको छ ।”


युवालाई व्यवहारिक र बजारमा उपयोगी हुने सिप प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ नगरपालिकाले विभिन्न तालिम सञ्चालनको लागी योजनाबद्ध रुपमा कार्ययोजना बनाएको छ । युवाले सिकेको सिपलाई व्यवसायमा रूपान्तरण गरी आयआर्जन गर्न सकुन् भन्ने उद्देश्य सहित नगरले आफ्नै योजना बनाउने देखि उनीहरुसगैँ सल्लाह र परामर्श लिएर युवालाई सिप र उद्यमसंग जोड्न लागिरहेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले युवाको आवश्यकता र सुझावलाई ध्यानमा राखेर स्थानीय सरकारले योजना निर्माण गरिरहेको जानकारी दिनुभयो । युवासँग सल्लाह र परामर्श गर्दै उनीहरूको भावना र आवश्यकताअनुसार कार्यक्रम तथा योजना तय गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

“स्थानीय सरकार सञ्चालन गर्दा युवा पुस्ताको सहभागिता र सुझावलाई विशेष महत्व दिइएको छ,” प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले भन्नुभयो, “युवालाई सिप, रोजगारी र उद्यमशीलतासँग जोड्ने गरी कार्यक्रम केन्द्रित गरिएको छ ।”

नगरपालिकाले नयाँ उद्यमीको निर्माण गर्ने, स्वरोजगारका अवसर बढाउने तथा वैदेशिक रोजगारमा जाने युवालाई पनि सहज वातावरण निर्माण गरी आर्थिक उपार्जनमा सहयोग पु-याउने उद्देश्यका साथ आगामी दिनमा थप विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

युवालाई सिपमूलक तालिममार्फत सक्षम र आत्मनिर्भर बनाउँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ नगरपालिका अघि बढिरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (ब...

मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिको सूची सार्वजनिक

काठमाडौँ । ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।


२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटा...

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ ।  सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर  २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ त...

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

काठमाडौँ । सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल...

नुवाकोटमा ४२ सवारीसाधनको प्राविधिक जाँच, दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता

नुवाकोट । सवारीसाधनको खराब अवस्था, समयमै सर्भिसिङ तथा मर्मत–सम्भार नहुँदा हुन सक्ने सवारी दुर्घटना र त्यसबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटमा सवारीसाधनको प्राविधिक जाँच गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको...

१० महिनामा झन्डै ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशतमात्र

काठमाडौँ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख रुपैयाँ बजेट खर्च भएको छ ।


चालू आर...