Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

चीनतर्फका दुई मुख्य नाका पहिरोका कारण ठप्प

Main News Image
Kakani Khabar add

काठमाडौँ । बाढी, पहिरोका कारण सडक अवरुद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरुद्ध बनेका छन् ।


मुख्य नाका रुसुवागढी केही दिनदेखि पूर्णरूपमा अवरुद्ध छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडकमा पहिरो खसेका कारण सडक पूर्ण अवरुद्ध हुँदा नाका ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवम् प्रहरी निरीक्षक डिल्लीराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो झरिरहेकोले तत्काल बाटो खुलाउन सम्भव छैन ।


यस्तै चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातोपानी झन्डै साढे एक महिनादेखि ठप्प छ । इको र लिपिङलगायत सडकका धेरै ठाउँमा पहिरो रहेको र नाका छेवैको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सडकको स्तर बगाएको हुनाले सडक सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


अहिले तातोपानी नाकाअन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेका छन् ।


नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार गराइसकिएका गाडीहरू फर्काएर रसुवा वा कोरलातिर लैजाने अवस्था पनि नहुँदा ८५ वटाभन्दा धेरै गाडी अड्किएका छन् ।


सामान्यतः तातोपानी, रसुवालगायतका उत्तरी नाका चल्दा दुई देखि तीन हप्ताभित्रै चीनको जुनसुकै ठाउँबाट काठमाण्डौ सामान ल्याउन सक्ने तर समुद्री मार्ग हुँदै भारतबाट ल्याउँदा डेढ महिनासम्म लाग्ने व्यापारीहरू बताउँछन् । यसले गर्दा नजिकएका चाडपर्वमा सामानको अभाव हुने जोखिम बढेको व्यवसायीहरू बताउँछन् ।

Kakani Khabar add

सम्बन्धित खबर

आज सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौँ । आज सुनचाँदीको भाउ घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ ।


हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८...

बागमती प्रदेशमा करिब १३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्ष बागमती प्रदेशमा हालसम्म करिब १३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।


प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार कूल १ लाख १४ हजार ५२९ दशमलव...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ ।


मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर...

वितेको ११ महिनामा ७ लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे

काठमाडौँ ।  वितेको ११ महिनामा ७ लाखभन्दा धेरै पर्यटक बेनी–जोमसोम सडक भएर मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार गएको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७ सय ५४ जना पर्यटक मुस्ताङ प्र...

यूएईमा नेपाली दूतावासको आग्रह– सामाजिक सञ्जालमा अफवाह नफैलाउनू

१७ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ ।

दूतावासले...

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

काठमाडौँ । अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ ।


यस्...