Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

Main News Image
Kakani Khabar add

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदाे असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।


सहभागी फ्रेन्चाइज टोली तथा सरोकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ ।दुवै संस्करणको उपाधि कर्णाली यशविसले जितेको थियो। यस पटकको प्रतियोगितामा पहिलाे र दाेश्राे संस्करणकाे विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाण्डाै स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।


लिगको पहिलो संस्करण काठमाण्डाैमा र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो । एशियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यावसायीकरणमा थप योगदान पुर्‍याउने विश्वास आयोजकको छ । 


एभरेष्ट महिला भलिबल लिगका प्राविधिक निर्देशक जगदिश भट्टले तेस्रो संस्करण भव्य हुने बताउनुभयाे । राष्ट्रिय खलेकुद परिषद्को कभर्डहलमा स्तरोन्नतीपछि काभा महिला भलिबल प्रतियोगितादेखि राष्ट्रिय स्तरका अन्य प्रतियोगिताहरु पनि आयोजना भइसकेको र यस पटक काठमाण्डाैमै लिग आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । 


आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चार...

स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

काठमाडौँ । स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली फ्रान्स २ गोलले पराजित भयो । 


अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबल...

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भयो ।


स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक/एक...

फुटबलको महाकुम्भ फिफा विश्वकप आजदेखि शुरु हुँदै

काठमाडौँ । फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई खेल हुँदैछन् ।


उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्र...

फिफा विश्वकपको क्वाटरफाइनल समिकरण पूरा

काठमाडौँ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ ।


प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । सा...

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ ।

पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ...