Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

Main News Image
Kakani Khabar add

काठमाडौँ । बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भयो ।


स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक/एक गोल गरे । खेलको ३०औँ मिनेटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो । तर खेलको ४१औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो ।


खेलको दोस्रो हाफको ८८औँ मिनेटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई १६ वर्षपछि सेमिफाइनलमा पुर्याए । स्पेनले यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।


त्यसपछि सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको टोली सन् २०१८ र २०२२ मा अन्तिम–१६ मा पुगेको थियो । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ ।


पहिलो क्वाटरफाईनल खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २ गोलले हराउँदै सेमिफाइनमा पुगिसकेको छ ।


विश्वकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा भोलि बिहान पौने ३ बजे नर्वे र इङ्ग्ल्यान्ड तथा अन्तिम क्वार्टरफाइनलमा भोलि बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डले खेल्नेछन् ।

Kakani Khabar add

सम्बन्धित खबर

चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले ४ स्वर्णसहित १५ पदक जिते

काठमाडौँ । नेपाली खेलाडीले चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग ग्लोबल फाइनलमा विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक गरी १५ पदक जितेका छन् ।


उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण प...

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा फ्रान्सले अफ्रिकी देश मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

<...

नेपालद्वारा युएई ८ विकेटले पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ  विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा  यूएईले  नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पू...

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौँ । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भयो ।


खेलको २३औँं मिनेटमा गीता रानाले गोल गर्दै ने...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । 


आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चार...

फिफाद्वारा एन्फालाई निलम्बन

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेको छ । अनावश्यक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपाली फुटबललाई निलम्बन गरेको हो ।


फिफा काउन्सिल ब्युरोले एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर...