Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नेपालद्वारा युएई ८ विकेटले पराजित

Main News Image
Kakani Khabar add

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ  विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा  यूएईले  नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । 


नेपालको जितमा कुशल भुर्तेल नायक बने । उनले ५७ बलमा १२ चौका र २ छक्कासहित अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेले । त्यस्तै कुशल मल्लले १९ रन बनाए भने सन्तोष यादव १ रनमा आउट भए । कप्तान दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याए ।


यूएईका  निलांश केसवानी र मुहम्मद अरफानले समान १–१ विकेट लिए । त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रन र मुहम्मद अरफानले ३२ रन बनाएका थिए ।


नेपालका बलर सन्दीप लामिछानेले ४ ओभरमा मात्र ६ रन दिएर ३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिए भने नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए । दुई खेलको उक्त सिरिजमा दुबै टोलिले एक एक खेल आआफ्नो पक्षमा पारे । हिजो भएको पहिलो खेलमा नेपाल युएईसङ ६ विकेटले पराजित भएको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

फरहान र फखरको कीर्तिमानी प्रदर्शनका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर, न्युजिल्याण्ड सेमिफाइनलमा

साहिबजादा फरहानको ऐतिहासिक शतक र फखर जमानको विष्फोटक ब्याटिङको मद्दतले पाकिस्तानले टी-२० विश्वकप २०२६ को  सुपर-८ को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ५ रनले त हरायो, तर सेमिफाइनलमा पुग्न सकेन।

पाकिस्तान बाहिरिएसँगै समूह '२' बाट न्युजिल्याण...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । 


आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चार...

विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन खेल्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ ।


अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । प्रतियोगिताभर...

१९ वर्षमुनिको प्रिमियर कपका लागि नेपाली टोली घोषणा

काठमाडौँ । मलेसियामा हुने एसीसी महिला यू–१९ प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीको घोषणा गरेको छ । 


बुधबार सार्वजनिक गरिएको १४ सदस्यीय टोलीको नेतृत्व सोनी पाख्रिनले गर्नेछिन् । पर्सि शनिबारदेखि साउन...

उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे शुरु हुनेछ । 


नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले ह...

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका ह...