Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

एमाले नुवाकोट उपाध्यक्ष तथा बेलकोटगढीका निवर्तमान नगरप्रमुख खनालको निधन

Main News Image
Kakani Khabar add

नुवाकोट । नेकपा (एमाले) नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको आज निधन भएको छ ।


फोक्सोमा समस्या देखिएसगैँ पछिल्लो एक महिनादेखि जनमैत्री अस्पताल बालाजुमा उपचाररत रहनुभएका खनालको आज अपरान्ह निधन भएको उहाँको भाई रमेशरमण खनालले जानकारी दिनुभयो । 


बेलकोटगढी नगरपालिकाको निवर्तमान नगरप्रमुख समेत रहनुभएका उहाँ विसं २०५४ मा तत्कालीन जिल्ला विकास समितिको सदस्य, विसं २०४९ मा साविक मदानपुर गाविसको उपाध्यक्षको रुपमा राजनीति मार्फत सामाजिक सेवामा सक्रिय हुनुहुन्थ्यो ।


राजनीतिज्ञ, शिक्षाप्रेमी तथा सामाजिक कार्यमा सक्रिय रहनुभएका ६० वर्षीय खनाल फोक्सोमा समस्या देखिएसगैँ पछिल्लो तीन महिनादेखि स्वास्थ्य उपचार गराउदै आउनुभएको थियो । 


पार्थिव शरीरमा श्रञ्द्धाजली अर्पण गर्न नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष रघुजी पन्त, महासचिव शंकर पोखरेल, सचिव एंव बागमती प्रदेस इञ्चार्ज महेश बस्नेत, पूर्वउपमहासचिव विष्णु रिमाल, बागमती प्रदेस कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, पूर्व पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डे, नुवाकोट इञ्चार्ज केशव पाण्डे, केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, नुवाकोट अध्यक्ष बद्री मैनाली लगायतका लगायतका नेकपा एमालेकका शीर्ष नेताहरु पशुपति आर्यघाटमा पुग्नुभएको थियो ।


यस्तै, नेपाली कम्युनिष्ट पाटीका नेताहरु हितबहादुर तामाङ, राजेन्द्रप्रकाश लोहनीले पनि उहाँको पार्थिव शरीरमा श्रञ्द्धाजली अर्पण गर्न आर्यघाट पुग्नुभएको थियो ।


नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीले आजै एक विज्ञप्ती जारी गर्दै राजनीतिक तथा सामाजिक व्यक्तित्व राजेन्द्ररमण खनालको निधनबाट ‘नुवाकोटको राजनीति, समाज र बेलकोटगढीले एक कर्मठ, सरल र समर्पित व्यक्तित्व गुमाएको’ उल्लेख गर्नुभएको जिल्ला कमिटी सदस्य दिपक कार्कीले जानकारी दिनुभयो ।


उहाँको आजै काठमाडौ स्थित पशुपति आर्यघाटमा अन्तिम सँस्कार गरिएको छ । उहाँको दुई छोरा र एक छोरी हुनुहुन्छ ।

Kakani Khabar add

सम्बन्धित खबर

हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु

काठमाडौँ । हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ ।


यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने...

संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। 


कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते...

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौँ । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।


प्रहरीले...

नयाँ शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

विदुर–५ मा सुविधासम्पन्न तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुख श्रेष्ठद्वारा शिलान्यास

नुवाकोट । विदुर नगरपालिका–५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको सुविधासम्पन्न तरकारी संकलन केन्द्रको नगरप्रमुख राजन श्रेष्ठले शिलान्यास गर्नुभएको छ। स्थानीय कृषकको उत्पादनलाई व्यवस्थित रूपमा संकलन, भण्डारण तथा बजारसम्म सहज रूपमा पु-याउने...

श्रम तथ्याङ्क संकलन गर्न देशभर चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालनमा

काठमाडौँ । श्रम बजार सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन गरेको छ ।


कार्यालयका अनुसार देशको कुल श्रमशक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था...