Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।


एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेकाे विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । सङ्घीय संसद्को बैठक पर्सि बिहीवारका लागि बोलाइएको छ ।


यस्तै एमालेले सडकबाट पनि विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारले शनिवार बिहान ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।


यस्तै आज बिहान काठमाण्डौका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि पक्राउ पर्नुभएको छ । रिजालमाथि पनि आन्दोलनमा दमन गरेको आरोप छ ।

Kakani Khabar add

सम्बन्धित खबर

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन

काठमार्डौँ ।  नेकपा एमालेकाे संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन हुनुभएको छ ।


संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनावी प्रक्रिया शुरू भएको भए पनि थापाको मात्रै उम्मेदवारी परेपछि...

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।


न्यायाधीश आनन्दप्रसाद...

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरू नियुक्त हुनुभएकाे हो ।


नवनियुक्त अध्यक्षद्व...

दुई दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला

त्रिशूली (नुवाकोट), ३० वैशाख : यहाँको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर...

आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठ...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...