Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

गृहमन्त्री गुरुङद्वारा ३ वटा अध्यादेश पेश

Main News Image
Kakani Khabar add

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्नुभएको छ ।


सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत गृहमन्त्री गुरुङले ‘नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश २०८२’ पेश गर्नुभएको हो ।


नेपालको संविधानको धारा ८४ को उपधारा (२) बमोजिम समानुपातिकको बन्दसूचीमा समावेश गराउनुपर्ने जनसङ्ख्याको आरक्षणका लागि अध्यादेशबाट कानून संशोधन भएको थियो । गएकाे फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको चुनाव मिति तोकिएपछि त्यसका लागि मतदाता नामावली अद्यावधिकको प्रयोजनका लागि अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो ।


गृहमन्त्री गुरुङले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तगर्त राख्न ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी भएको जानकारी गराउनुभयो ।


बैठकमा संविधानसभाका सदस्य एवम् पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताब आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराको विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित भएको छ ।


प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते आइतवार बिहान ११ बजे बस्नेछ ।

Kakani Khabar add

सम्बन्धित खबर

एमाले नुवाकोट उपाध्यक्ष तथा बेलकोटगढीका निवर्तमान नगरप्रमुख खनालको निधन

नुवाकोट । नेकपा (एमाले) नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको आज निधन भएको छ ।


फोक्सोमा समस्या देखिएसगैँ पछिल्लो एक महिनादेखि जनमैत्री अस्पताल बालाजुमा उपचाररत रहनुभएका खनालको आज अपरान्ह निधन भएको उहाँको भाई रमेशरमण खनालले ज...

राहदानी सेवा असार २४ देखि केही दिन बन्द हुने

काठमाडौँ । राहदानी सेवा असार २४ गते देखि केही दिन बन्द हुने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ ।


विभागले सूचना निकालेर हालको प्रणालीबाट नय...

एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ । 


उहाँलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । ओली मिर्गौलाको बिरामी हुनुहुन्छ । आवश्यक...

पोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश

पोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई...

विदुर–५ मा सुविधासम्पन्न तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुख श्रेष्ठद्वारा शिलान्यास

नुवाकोट । विदुर नगरपालिका–५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको सुविधासम्पन्न तरकारी संकलन केन्द्रको नगरप्रमुख राजन श्रेष्ठले शिलान्यास गर्नुभएको छ। स्थानीय कृषकको उत्पादनलाई व्यवस्थित रूपमा संकलन, भण्डारण तथा बजारसम्म सहज रूपमा पु-याउने...

तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिको माग गर्दै काठमाडौमा धर्ना

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गर...