Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

गणेश नेपालीको उपचारका क्रममा निधन

Main News Image
Kakani Khabar add

काठमाडौँ । जलनका बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गएको छ ।


मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ११ बजेतिर ज्यान गएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । अस्पतालले भने अहिलेसम्म औपचारिक जानकारी दिएको छैन ।


यसअघि नेपालीकाे अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय भएको थियो । सरकारले नेपालीका लागि हवाई उद्धार (एअर एम्बुलेन्स) को व्यवस्था गरेको थियो । त्यसअघि नेपालीको उपचारको सम्पूर्ण खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णयसमेत भएको थियो ।


हिजो दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशतभन्दा धेरै भागमा जलन भएको थियो । वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालकाे नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केअरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उपचारमा संलग्न हुनुहुन्थ्यो ।


नेपालीले हिजो राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफूलाई जलाउनुभएको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले नदी किनार तथा अन्य ठाउँका सुकुमवासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अ...

साना र सावित्रीले १९९ रन बनाएको खेलमा नेपालले सिङ्गापुरलाई हरायो

काठमाडौँ । साना प्रवीण र सावित्री धामीले १९९ रन बनाएको एसीसी महिला १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले हराएको छ । 


मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि...

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ । 


सोमबार सरकारको आर्थिक वर्ष २०८३/ ८४ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभाग...

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । 


स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा...

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...