Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

Main News Image
Kakani Khabar add

काठमाडौँ । सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ ।


सरकारको निर्णयानुसार तोकिएको पुनः व्यवस्थापन खर्च (घर भाडा) बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको बैंक खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ ।


यसअघि समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफैँ व्यवस्थापन गर्न सूचना जारी गरेको थियो । तर घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो ।

Kakani Khabar add

सम्बन्धित खबर

शान्ति बजारमा आगलागी, करीब ७० लाख रुपैयाँको धनसम्पत्ति क्षति

नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती लागेको आगलागीले करीब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । सोमबार राती करीब १० बजेको समयमा विपना घलेको घरमा आगलागी हुदाँ उहाँले सञ्चालन गर्दै आएको पसलमा रहेका सरसामाग्री...

चालु आर्थिक वर्षको अन्तिम दिनसम्म ७८ प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल विनियोजित बजेटको ७८ प्रतिशत मात्र खर्च गरेको छ । 


अन्तिम दिन हिजो असार २४ गतेसम्म सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ म...

तारकेश्वरमा संघ सरकारको निर्णय प्रभावकारी भएन, बिदा र कार्यालय समय पहिलाकै कायम

नुवाकोट, वैशाख २१ । तारकेश्वर गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा तथा बिहान ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।


गाउँपाल...

नुवाकोटको लिखु गाउँपालिकाले संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्‍यो

नुवाकोट । लिखु गाउँपालिका शिक्षा शाखाले गाउँपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको लागि शुल्क निर्धारण गरेको जनाएको छ ।

पालिकाले तोकेको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा वा पालिकाबाट जारी निर्देशनको अवज्ञा गरेमा सम्बन्धित पक्...

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ ।  सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर  २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ त...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ । 


आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै...