Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

हङकङलाई हराउँदै नेपालले जित्यो एशियाली खेलकुद छनोटको उपाधि

Main News Image
Kakani Khabar add

काठमाडौँ । हङकङलाई हराउँदै नेपालले एशियाली खेलकुद छनोटको उपाधि जितेको छ । सिङ्गापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा १९ रनले हरायो ।


हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो । नेपालका कुशल भुर्तेलले ६५, रोहित पौडेलले नटआउट ३५ रन बनाए । हङकङका आयुष शुक्ला र एहसान खानले १/१ विकेट लिए ।


यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो । हङकङका अंशुमन रथले ८०, शाहिद वासिफले ५५ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिए ।


यस्तै ओमानलाई हराउँदै मलेशिया एशियाली खेलकुद छनोटमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि आज भएको खेलमा मलेशियाले ओमानलाई ८ विकेटले हरायो ।


यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेशिया र ओमान एशियाली खेलकुदमा छनोट भएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपालद्वारा युएई ८ विकेटले पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ  विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा  यूएईले  नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पू...

‘वर्ल्ड अफ डान्स नेपाल’ को उपाधि विजेता टिम एनटी अन्तराष्ट्रिय प्रतिस्पर्धामा जादै

नुवाकोट । ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को ग्रान्ड फिनालेमा अपर टिम डिभिजनको उपाधि जित्न सफल टिम एनटी विभिन्न देशमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने भएको छ ।


त्रिशूलीमा आज पत्रकार सम्मेलनमा टिम एनटीका प्रतिनिधि...

टी–२० विश्वकप : भिड्दै छन् नेपाल र इङ्ल्याण्ड

काठमाडौं : शनिबारदेखि सुरु भएको टी-२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। 

मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसा...

नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । नर्वेसँगको खेलमा  पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 


आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो । इंग्ल्यान्डको जीतम...

स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

काठमाडौँ । स्पेन फिफा विश्वकप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको पहिलो सेमिफाइनल खेलमा उपाधिको दाबेदार टोली फ्रान्स २ गोलले पराजित भयो । 


अमेरिकाको डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबल...

फरहान र फखरको कीर्तिमानी प्रदर्शनका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर, न्युजिल्याण्ड सेमिफाइनलमा

साहिबजादा फरहानको ऐतिहासिक शतक र फखर जमानको विष्फोटक ब्याटिङको मद्दतले पाकिस्तानले टी-२० विश्वकप २०२६ को  सुपर-८ को आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ५ रनले त हरायो, तर सेमिफाइनलमा पुग्न सकेन।

पाकिस्तान बाहिरिएसँगै समूह '२' बाट न्युजिल्याण...