नेताहरुले सरकार ढल्दैन भनेर भाषण गरेको सुन्दा दिक्क लाग्छः कांग्रेस नेता भण्डारी
-
ककनी खबर
- आइत, १७ फागुन २०८२
काठमाडौं, १४ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले नेताहरुले सरकार ढल्दैन, सरकार ढल्दैन भनेर भाषण गरेको सुन्दा आफूलाई दिक्क लागेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुई तिहाई बहुमतको सरकार ढल्दैन भन्ने नपर्नेमा सरकार भने त्यसैमा अल्झिरहेको बताएका हुन् । उनले नेताहरुको भनाइ, बुद्धि र गराइ देख्दा सरकारको आयु यसै भन्न नसकिने उनले बताए ।
‘कांग्रेस र एमाले मिलेर बनिसकेपछि अझ संविधानमा पनि परिवर्तन गर्ने भनिएको छ । तर, नेताहरुले सरकार ढल्दैन, सरकार दल्दैन भनेर भाषण गरेको सुन्दा मलाई दिक्क लाग्छ । दुई तिहाई बहुमतको सरकार ढल्दैन भन्न त पर्दैन नि । ढल्दैन भनेर काम पो गर्ने हो त, काम पो गरेर देखाउने हो । उहाँहरुको त्यो बुद्धि देख्दा, उहाँहरुको त्यो भनाइ देख्दा, गराइ देख्दा के गर्छन् थाहा छैन,’– उनले भने ।
सम्बन्धित खबर
© Copyright 2026 kakanikhabar. All rights reserved.
Developed By : Dkedartech-7



