Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

२३ जिल्लामा बाढीको जोखिम

Main News Image
Kakani Khabar add

काठमाडौँ । आज देशका विभिन्न २३ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान  महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बाढीको जोखिम छ ।


महाशाखाको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ ।


महाशाखाले बाढीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला तथा नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...

राष्ट्रियसभा उपाध्यक्षको चुनाव चैत २३ गते

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदको चुनाव चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमा चुनावको मिति तोक्नुभएको हो । उहाँले चुनाव कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिव पद्मप्रसा...

माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार

रसुवा । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सञ्जय साह र कविर महर्जनको जीवितै उद...

यूएईमा नेपाली दूतावासको आग्रह– सामाजिक सञ्जालमा अफवाह नफैलाउनू

१७ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ ।

दूतावासले...

रास्वपाद्वारा रासायनिक मल वितरणको अनुगमन, कोटा वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलसहितको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, नुवाकोट शाखा कार्यालय तथा मल गोदामको अनुगमन गर्दै मल वितरण प्रणाली प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

मंगलबार दिउँ...

ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ ।


नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यासको कोटा बढाउन माग गरेको जनाएको छ । यसअघि मासिक झण्...