Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै

Main News Image
Kakani Khabar add

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौँ मान्छे फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ ।


नेपाली सेना र विभिन्न देशका विज्ञसहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन सकेको छैन  । खोज तथा उद्धारको प्रयास निरन्तर भैरहेको नेपाली सेनाले जनाएको छ ।


लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिकसहित सेनाले गरेको खोजीमा श्रमिकहरू फसेको ठाउँ पहिचान भएको छ । आज उद्धार टोली भित्र छिर्ने परियोजनाले जनाएको छ ।


परियोजनाका ४१ जना सम्पर्कविहीन छन् । यस्तै ३०० भन्दा धेरै सुरुङमा फसेको अनुमान गरिएको माथिल्लो त्रिशूली १ मा उद्धारका लागि कोरियाबाट ४४ जनाको टोली हिजो आइपुगेको छ ।


नेपाली सेनाको उद्धार टोलीले १६० मिटरभित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो । हिजो दिनभर हेडवक्र्स र सुरुङ क्षेत्रमा खोजी कार्य भएको छ । त्रिशूली ३ ‘ए’मा निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन । नेपाली सेनासहितको ९३ जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले भनेको छ ।


यो सुरुङभित्र ३५ जना फसेको अनुमान छ । यस्तै २१३ जना सम्पर्कविहीन भएको त्रिशूली ३ ‘बी’मा आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यसक्षेत्रमै खोजी भएको सेनाले जनाएको छ । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा साउन्ड डिटेक्टरबाट मनिटरिङ शुरु गरिएको छ । यस सुरुङमा ८ जना सुरुङमा फसेको अनुमान गरिएको छ ।


निरन्तरको वर्षाले नदीमा पानीको सतह बढिरहेकाले उद्धारमा सोचेअनुरूप प्रगति हुन नसकेको चिलिमे जलविद्युत् कम्पनीले जनाएको छ । यसअघि रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा २५० मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत्गृहतर्फ खोजी थालिएको छ ।


९३ जना सम्पर्कविहीन भएको यहाँ नेपाली सेनासँगै चिनियाँ टोलीले पनि काम गरिरहेको छ । सातजना सम्पर्कविहीन भएको मैलुङ खोला हाइड्रोमा अस्ति मंगलबार रेकी भए पनि हिजो कुनै काम हुन सकेन ।

Kakani Khabar add

सम्बन्धित खबर

पीडितको पहिचान खुल्ने तस्बिर तथा भिडियो प्रकाशन नगर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अरु सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ ।


मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत पीडितक...

नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

काठमाडौँ । नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ ।


डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार यो स...

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

मधेश आन्दोलनको मर्म कमजोर बन्दै जाँदा एकातिर राष्ट्रिय आयतनका ठूला पार्टीहरूले नै मधेशी समुदायका उम्मेदवारको संख्या घटाउन थालेका छन्, अर्कातिर मधेशवा...

तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

नुवाकोट । तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा दाङसिङ रयलछापस्थित गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासकीय भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गर्नुभएको...

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न पाइँदैन ?

काठमाडौँ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिले आफ्नो प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाएको छ । प्रतिनिधिसभाको बैठकले गएको चैत २३ गते गठन गरेको रास्वपाका सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले आज नियमावलीको मस्यौदा बुझाएको हो ।

रोल्पाको थवाङमा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।


रुकुम पूर्वबाट जलजलामा मेला भर्न गएका यात्रुहरू चढेको लु१ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिका–१ को जलजला जाने बाटोमा दुर्घटना हुँदा १७ जन...