Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

कांग्रेसको १५औँ महाधिवेशनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिए

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी शुरू गरेको छ । आजदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।


पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ सञ्चालन गरिएको जानकारी दिनुभयो । जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर बसेर सदस्यता वितरण, अद्यावधिक र सांगठनिक अवस्थाको प्रतिवेदन तयार पार्नेछन् ।


पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ । पार्टीले यसपटक सबै सदस्यलाई कांग्रेस आईडी प्रदान गर्नेछ र यो परिचयपत्र नभएका व्यक्तिहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन् ।


नयाँ सदस्यका लागि भने डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था मिलाइएको छ । जरा अभियान अन्तर्गत महाधिवेशनको तयारी, सांगठनिक सुदृढीकरण, गएको चुनावको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने गरी चार मुख्य विषय समेटिएका छन् ।


केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रिय स्तरमा वुद्धिजीवी र पेशाकर्मीहरूसँग संवाद हुनेछ भने जिल्ला तहमा स्थानीय समीक्षा कार्यक्रम सञ्चालन गरिनेछन् । प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारमसहित जिल्ला पठाइसकिएको र वैशाखभर सदस्यता अद्यावधिकको काम व्यापक रूपमा अगाडि बढ्ने महामन्त्री पौडेलले बताउनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ ।


रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुग...

मदन पुरस्कारका लागि छानिएका १० वटा कृतिको सूची सार्वजनिक

काठमाडौँ । ‘मदन पुरस्कार २०८२’ का लागि छनोटमा परेका पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीले आज १० वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।


२०८२ को मदन पुरस्कारका लागि प्राप्त भएका २९८ पुस्तकमध्ये गुठीले १० वटा...

चट्याङ लागेर सूर्यगढीमा एक घरमा क्षति, रास्वपाको टोलीबाट घटनाको स्थलगत अवलोकन

नुवाकोट । सूर्यगढी गाउपालिका-४ स्थित केराघारीमा चट्याङ लागेर एकघरमा पूर्ण क्षति भएको छ ।


हिजो अपरान्ह सवा ४ बजेको समयमा परेको चट्याङले स्थानी राजु तामाङको घरमा क्षति पुगेको हो । चट्याङले घरको विद्युतीय मिटरबक्स सहित बत्ति लगायतका...

मृत्यु भैसकेका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भैसकेका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।


मतदाता नामावलीलाई अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसा...

बागमतीका मुख्यमन्त्री बानियाँको राजीनामा

काठमाडौँ ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।


नेकपा एमालेले स...

पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।


ओलीलाई रिहा गर्न माग गर्दै दायर भएकाे निवेदनमा आज भएको सुनुवाइपछि अदालतले...