Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।


पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिनुभयो ।


संसदीय दलको नेतामा तीन जना नेताले दाबी गरेपछि यसअघि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा सहमति जुटाउन समिति गठन भएको थियो । समितिको गृहकार्यपछि आज बसेको कार्यसम्पादन समितिले संसदीय दलको नेता सर्वसम्मत गराउने निर्णय गरेको हो । योसँगै संसदीय दलको बैठकले नेता चयनको बाँकी प्रक्रिया अघि बढाउने छ ।

Kakani Khabar add

सम्बन्धित खबर

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय गाडी आयात भएका छन् । 


भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवा...

वृद्धभत्ता वितरणसँगै स्वास्थ्य सेवा: तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु हुँदै

नुवाकोट । तारकेश्वर गाउँपालिकाले वैशाख ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म सबै वडामा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने भएको छ ।


‘गाउँपालिका अ...

रसुवाको त्रिशूली ३ ‘ए’ सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौँ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ ।


प्रतिकूल मौसम र निरन्तरको लेदो तथा भग्नावशेषका बिच शनिबार बिहानैदेखि सुरुङको प्रवेशद...

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...

नागढुङ्गा सुरुङमार्गको उदघाटन आज

काठमाडौँ । देशकै सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उदघाटन हुँदैछ ।


संघीय राजधानी काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस...

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।


इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा...