Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय

Main News Image
Kakani Khabar add

काठमाडौँ । केवाइसी अपडेट अर्थात् व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।


यस्तो ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वित्तीय संस्था, डिजिटल वालेट जस्तैः इसेवा वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समयसमयमा विवरण अपडेट गर्नुपर्ने हुन्छ ।


तर गलत कार्य गरेको आरोपमा बाराको देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा पक्राउ परेका छन् ।


साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो ।पक्राउ परेकाहरूले ‘बैंकबाट बोलेको हुँ, केवाइसी अपडेट गर्नुपर्‍यो’ भन्दै पछिल्लो समयमा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएपमार्फत ‘स्क्रिन सेयर’ गर्न लगाई ओटिपी कोड प्राप्त गरी खातामा पहुँच पुर्‍याएर खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न रहेको सीआईबीले जनाएको छ ।


साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्सएप कल गर्ने गरेका थिए ।


उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटिपी, पासवर्ड, पिन तथा अन्य संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो...

बागमती प्रदेशमा करिब १३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्ष बागमती प्रदेशमा हालसम्म करिब १३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।


प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार कूल १ लाख १४ हजार ५२९ दशमलव...

विश्वकप फुटबलमा भोलि बिहान ४ वटा खेल हुँदै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा भोलि बिहान चार वटा खेल हुँदैछन् । भोलि बिहान पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को, पौने ७ बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पाैने १० बजे अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् ।


व...

विदुर–५ मा सुविधासम्पन्न तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुख श्रेष्ठद्वारा शिलान्यास

नुवाकोट । विदुर नगरपालिका–५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको सुविधासम्पन्न तरकारी संकलन केन्द्रको नगरप्रमुख राजन श्रेष्ठले शिलान्यास गर्नुभएको छ। स्थानीय कृषकको उत्पादनलाई व्यवस्थित रूपमा संकलन, भण्डारण तथा बजारसम्म सहज रूपमा पु-याउने...

मनसुनजन्य विपद्प्रति उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, कटान, डुबान, चट्याङ तथा सर्पदंशजस्ता विपद्को जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्राधिकरणले जनध...

आज सुनको भाउ तोलामै ८ हजार रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


हिजो पनि सुन तोलामा चार हजार २०० रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैय...