Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

१० महिनामा झन्डै ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशतमात्र

Main News Image
Kakani Khabar add

काठमाडौँ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख रुपैयाँ बजेट खर्च भएको छ ।


चालू आर्थिक वर्षका लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ ।


कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा ६८ दशमलव ९८ प्रतिशत अर्थात् ८ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ ।


त्यस्तै पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा २७ दशमलव ९१ प्रतिशत अर्थात् १ खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ ।


वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च ६५ दशमलव ३० प्रतिशत छ । यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन गरेकामा अहिलेसम्म २ खर्ब ४५ अर्ब १ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ ।


वैशाख मसान्तसम्ममा सरकारको आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्षका लागि कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर आम्दानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म १० खर्ब १२ अर्ब ५ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको हो ।


यो आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा पछिल्ला १० महिनामा वार्षिक लक्ष्यको ६६ दशमलव ६९ प्रतिशत अर्थात् नौ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख बराबर मात्रै असुली गरेको छ ।


त्यस्तै चालु आर्थिक वर्षका लागि ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले अहिलेसम्म लक्ष्यको ३३ दशमलव २८ प्रतिशत अर्थात् १७ अर्ब ७८ करोड ७६ लाख बराबर अनुदान लिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौँ । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।


प्रहरीले...

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ ।

उहाँको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

नेता श्रेष्ठको शव भोलि बु...

बागमती प्रदेशमा करिब १३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिँचाइको अभावका कारण यस वर्ष बागमती प्रदेशमा हालसम्म करिब १३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।


प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार कूल १ लाख १४ हजार ५२९ दशमलव...

काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका आठै जनाको पहिचान खुल्यो

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ज्यान गुमाउनेहरुमा स...

विश्वकप फुटबलमा आज राति फ्रान्स र स्पेन खेल्दै

काठमाडौँ । विश्वकप फुटबलमा आज रातिदेखि सेमिफाइनलका खेल शुरु हुँदैछ । 


फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । आज राति पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनले खेल्दैछन् । फ्रान्स र स्पेनबीचको खेल मध्यराति पौने १ ब...

विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमार्डौँ । गृहमन्त्री सुधन गुरुङले विपदमा प्रयोग गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुई वटा हेलिकप्टर...