Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

मनसुनजन्य विपद‍्बारे राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

Main News Image
Kakani Khabar add

काठमाडौँ । मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।


नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन् ।


कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदमबहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदनकुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ ।


सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक परियारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्वतयारीप्रति आशङ्का व्यक्त गर्नुभयो । नागरिकको जीउधनको सुरक्षासँन्ग जोडिएको विषयमा सरकारलाई अझ बढी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ ।


त्यस्तै नेकपा प्रमुख सचेतक शाहले जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढे पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो ।


विपक्षी दलहरूले विपद् आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्वसूचना, उद्धार सामग्री र पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौँ । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।


प्रहरीले...

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

१९ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्...

पिमलडाँडा माविका शिक्षक-विद्यार्थीलाई दुई दिने सेल्फ डिफेन्स तालिम

नुवाकोेट । तारकेश्वर गाउँपालिकाको प्रवर्धनमा नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) ले वडा नम्बर ३ को पिमलडाँडा माविमा सञ्चालन गरेको दुई दिने सेल्फ डिफेन्स तालिम आज सम्पन्न भयो ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अवि...

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । 


प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको छलफल सङ्घ र प्रदेश सरकारसँग सम्बन्धित विविध मह...

आज घर-घरमा नागको पूजा गरेर नागपञ्चमी मनाइँदै

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ ।


हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण...

राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसदबाट पारित भएका आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संव...