Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा

Main News Image
Kakani Khabar add

काठमाडौँ । प्रधानमन्त्री राहत काेषमा अहिलेसम्म पाैने १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो ।


अहिले नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ रुपैयाँ मौज्दात छ ।


कार्यालयका अनुसार राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रुपैयाँ रसुवाका बाढी पीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएकाे छ ।


यसैगरी हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

नेशनल लघुवित्तबाट बाढी प्रभावित सदस्यलाई करिब ५० लाख नगद राहत

नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित भएका आफ्ना सदस्यहरूलाई नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब ५० लाख रुपैयाँ बराबरको नगद राहत उपलब्ध गराउन थालेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका सदस्यहरूक...

शान्ति बजारमा आगलागी, करीब ७० लाख रुपैयाँको धनसम्पत्ति क्षति

नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती लागेको आगलागीले करीब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । सोमबार राती करीब १० बजेको समयमा विपना घलेको घरमा आगलागी हुदाँ उहाँले सञ्चालन गर्दै आएको पसलमा रहेका सरसामाग्री...

सरकारले असार २९ देखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

काठमाडौँ । सरकारले पर्सि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज...

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौँ । नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 


आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ र...

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ ।


सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले स...

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 


नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या...