Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

मनसुनजन्य विपद्प्रति उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

Main News Image
Kakani Khabar add

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी, पहिरो, कटान, डुबान, चट्याङ तथा सर्पदंशजस्ता विपद्को जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्वसावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ। साथै,वर्षा याममा यात्रा गर्दा विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । 


प्राधिकरणका अनुसार ठूलो वर्षा भएका बेला सकेसम्म रातिको समयमा यात्रा नगर्न, बाढी आएका बेला खोला, खोल्सा तथा नदी तर्ने प्रयास नगर्न अनुरोध गरिएको छ। वर्षा भइरहेको समयमा काठ-दाउरा सङ्कलन गर्न, माछा मार्न वा पौडी खेल्न खोला तथा नदीमा नजान पनि सचेत गराइएको छ।


त्यस्तै, पहिरोको जोखिम भएका क्षेत्र वरपर अनावश्यक आवतजावत नगर्न,जोखिमयुक्त पुल तथा खोलाको किनारामा उभिएर फोटो वा भिडियो नखिच्न र पैदलयात्रा तथा ‘हाइकिङ’मा सकेसम्म एक्लै नजान प्राधिकरणले आग्रह गरेको छ। विपद्को सङ्केत देखिएमा तत्काल सुरक्षित स्थानमा जानुका साथै स्थानीय प्रशासन तथा सुरक्षाकर्मीलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।


प्राधिकरणले घर वरिपरिका ढल तथा नाली सफा राख्न,बर्खा याममा सर्पदंशको जोखिम बढी हुने भएकाले घर आँगन सफा राख्न तथा रातिको समयमा बाहिर निस्कँदा टर्चलाइट प्रयोग गर्न सुझाव दिएको छ। चट्याङ पर्ने सम्भावना देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान,महत्त्वपूर्ण कागजात, अत्यावश्यक औषधि तथा नबिग्रने खानेकुरा एउटै झोलामा सुरक्षित राख्न र मोबाइल फोनमा पर्याप्त ब्याट्री चार्ज तथा ब्यालेन्स राख्न पनि आग्रह गरिएको छ।


यसै गरी, अफवाहको पछि नलाग्न,आधिकारिक स्रोतबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्न र हेर्न प्राधिकरणले अनुरोध गरेको छ।


विपद्सम्बन्धी सूचना तथा उद्धारका लागि १२३४, १०० र १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ । यस वर्षको मनसुन गत असार ५ गतेदेखि सुरु भइसकेको छ। मनसुनजन्य विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउन प्राधिकरणले निरन्तर आग्रह गर्दै आएको छ।


यसैबीच,पछिल्लो २४ घण्टामा देशभर ४७ वटा विपद्का घटना भएका छन्। प्राधिकरणका अनुसार ती घटनाबाट करिब १३ लाख १० हजार बराबरको अनुमानित क्षति भएको छ।


विपद्का घटनामा परी तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। साउन ५ गते बिहानदेखि साउन ६ गते बिहानसम्म सर्पदंश र आगलागीका आठ-आठ वटा,पहिरोका १४, अविरल वर्षाका आठ, बाढीका दुई,जनावरको आक्रमणका तीन तथा हावाहुरीको एक घटना भएको प्राधिकरणले जनाएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

२४ वर्षपछि फ्रान्स र सेनेगल आमनेसामने हुँदै

काठमाडौँ ।  फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दाबेदार फ्रान्स र सेनेगल खेल्दैछन् । समूह ‘आई’ को यो खेल राति पौने १ बजे अमेरिकाको न्यु योर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ ।


फ्रान्सले सन् १९९८ र २०१८ मा गरी दुई पटक...

तारकेश्वरमा संघ सरकारको निर्णय प्रभावकारी भएन, बिदा र कार्यालय समय पहिलाकै कायम

नुवाकोट, वैशाख २१ । तारकेश्वर गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा तथा बिहान ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।


गाउँपाल...

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ ।


केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँ...

पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।


ओलीलाई रिहा गर्न माग गर्दै दायर भएकाे निवेदनमा आज भएको सुनुवाइपछि अदालतले...

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाडौँ । एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ ह...

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।


पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको...