Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नागढुङ्गा सुरुङमार्गको उदघाटन आज

Main News Image
Kakani Khabar add

काठमाडौँ । देशकै सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उदघाटन हुँदैछ ।


संघीय राजधानी काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्ग हो, यसले काठमाण्डौ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ ।


आज उदघाटन भएपछि केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन गरिनेछ । यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरु अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ ।


सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाडीहरुका लागि सुरुङमार्ग खुला गरिने सडक विभागले जनाएको छ । परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाडीहरुबाट कुनै शुल्क नलिइने पनि विभागले जनाएको छ ।


सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने लामो ट्राफिक जाम, तीव्र उकालो, घुमाउरा सडक र दुर्घटनाको जोखिमलाई कम गर्दै यात्रुलाई झण्डै एक घन्टासम्म समय बचत हुने अपेक्षा छ । साथै इन्धन खपत घट्ने र मालवाहक तथा यात्रुवाहक गाडीको सञ्चालन खर्चमा समेत कमी आउने अपेक्षा गरिएको छ ।


सुरुङमार्गको लम्बाइ झण्डै साढे दुई किलोमिटर रहेको छ । आयोजनाअन्तर्गत दुईवटा सुरुङ निर्माण गरिएका छन् । समानान्तर रूपमा निर्माण गरिएको उद्धार सुरुङ आकस्मिक उद्धार तथा आपतकालिन अवस्थाका लागि प्रयोग गरिनेछ । सुरुङ निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । आयोजनाका परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित बनाइएको छ ।


अत्याधुनिक सिसीटिभी निगरानी प्रणाली, आकस्मिक उद्धार संयन्त्र, दमकल तथा आगलागी नियन्त्रण प्रणाली, सञ्चार तथा सुरक्षा उपकरण, निरन्तर अक्सिजन र भेन्टिलेसन प्रणाली, आपत्कालीन उद्धार मार्ग जस्ता व्यवस्थाले दुर्घटना वा अन्य आकस्मिक अवस्थामा छिटो उद्धार गर्न सहज हुने विश्वास गरिएको छ ।


सुरुङमार्गमा सबै प्रकारका गाडी भने सञ्चालन गर्न पाइने छैन । पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे गाडी, पेट्रोल, डिजेल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका गाडी, विस्फोटक पदार्थ बोकेका गाडी प्रवेश गर्न पाउने छैनन् । परीक्षण अवधि समाप्त भएपछि सुरुङमार्ग प्रयोग गर्ने गाडीहरुले निर्धारित शुल्क तिर्नुपर्नेछ ।


कार तथा भ्यानलाई काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ तथा बाहिरिंदा ६० रुपैयाँ, मिनीबस – ट्रक तथा टिपरलाई काठमाण्डौ प्रवेश गर्दा ११५ रुपैयाँ तथा बाहिरिंदा ८० रुपैयाँ, ठूला बस तथा ट्रकलाई काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ तथा बाहिरिंदा २०० रुपैयाँ शुल्क तोकिएको छ । भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ ।


सुरुङमार्गको सञ्चालनसँगै नेपालमा आधुनिक सडक पूर्वाधारको नयाँ युग शुरु भएको मानिएको छ । यसले काठमाण्डौ भित्रिने तथा बाहिरिने मुख्य नाकामा हुने वर्षौंदेखिको ट्राफिक जाम घटाउने, यात्रा समय छोट्याउने, इन्धन बचत गर्ने, सडक दुर्घटनाको जोखिम कम गर्ने तथा काठमाण्डौ–मुग्लिन हुँदै देशका विभिन्न भागसँगको सडक सम्पर्कलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


साथै भविष्यमा अरु सुरुङमार्ग निर्माणका लागि पनि यो आयोजना महत्वपूर्ण नमूना परियोजनाका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

बागमती प्रदेशमा ५७ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

काठमाडौँ । बागमती प्रदेशमा असार अन्तिम सातासम्ममा ५७ प्रतिशत भन्दाबढी धान रोपाइँ सम्पन्न भएको छ । 


बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अन्तिम साता (२६ गते) सम्ममा कुल क्षेत्रफलको ५७.२३ प्रतिशत धान रोपाइ...

भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव भेटियो, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी नदी हुँदै आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३४१ जनाको शव भेटिएको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान ११ बजेसम्ममा १ हजार ३४१ जनाको शव भेटिएको हो...

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न पाइँदैन ?

काठमाडौँ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिले आफ्नो प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाएको छ । प्रतिनिधिसभाको बैठकले गएको चैत २३ गते गठन गरेको रास्वपाका सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले आज नियमावलीको मस्यौदा बुझाएको हो ।

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

काठमाडौँ । देवघाटकाे त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ मा रहेकाे चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।


भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न...

विश्वकपको अनधिकृत प्रसारण गर्ने तयारीमा रहेका ३५ वेबसाइट र एप बन्द गर्न निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न माेबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएकाे छ ।


विभिन्न पाइरेटेड...

सरकारले असार २९ देखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

काठमाडौँ । सरकारले पर्सि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज...