Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

निजी मिडियामा सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

Main News Image
Kakani Khabar add

काठमाडौँ । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ ।


सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको परिपत्र खारेज हुने ठहर गरेको छ ।


सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।


मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले निजी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैरकानूनी भएको उल्लेख गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

युनाइटेड युथ क्लबको अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन

बट्टार । नुवाकोटको खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको युनाइटेड युथ क्लब को अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन हुनुभएको छ ।

क्लबको ३७औँ साधारणसभा तथा अधिवेशनले वर्तमान अध्यक्ष गि...

मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका ‘बीवाइडी’ गाडी फुकुवा

काठमाडौँ ।  मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका ‘बीवाइडी’ कम्पनीको चिनियाँ विद्युतीय गाडी फुकुवा गरिएको छ ।


सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका ती गाडी अस्ति आइतबार बेलुकादेखि फुकुव...

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो...

आज सुनको भाउ तोलामै ८ हजार रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


हिजो पनि सुन तोलामा चार हजार २०० रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो

काठमाडौँ । नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात् जेइ रोगको जोखिम बढ्दै गएको छ । संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउँनेको संख्या बढेपछि स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्र...

तारकेश्वरमा संघ सरकारको निर्णय प्रभावकारी भएन, बिदा र कार्यालय समय पहिलाकै कायम

नुवाकोट, वैशाख २१ । तारकेश्वर गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा तथा बिहान ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।


गाउँपाल...