Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन् ।


महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्पन्न नेपाल–भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा हातहतियार तथा लागुऔषध ओसारपसार, मानव तस्करीलगायत सीमा अपराध नियन्त्रण एवं रोकथाम, सीमा स्तम्भको सुरक्षा तथा मर्मतसम्भारबारे छलफल भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलले जानकारी दिनुभयो ।


दुवै देशका सुरक्षाकर्मीले गर्दै आएको संयुक्त गस्ती विस्तार गर्नुका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि घटनासम्बन्धी सूचना एकअर्कासँग साझा गर्ने विषयमा सहमति भएको छ । बैठक पारस्परिक समन्वय र सहकार्यमा केन्द्रित थियो ।


बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर, सीतामढीका जिल्ला मजिस्ट्रेट तनय सुलतानिया र सीतामढीका प्रहरी उपरीक्षक अमित रञ्जनसहित सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा । जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउनेक्रममा ११ वटा उपसमिति गठन भई व्यवस्थापकीय काम सुरु भएको छ ।


लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण,...

सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ । 

अवलोकनपश्चात...

स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै

काठमाडौँ । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ ।


डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र...

दोलखाको यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिए

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिएका छन् । आधार शिविरमा हिजो शव भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कात्तिक...

नागढुङ्गा सुरुङमार्गको उदघाटन आज

काठमाडौँ । देशकै सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उदघाटन हुँदैछ ।


संघीय राजधानी काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस...