Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नेपालको कृषि–खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरू

Main News Image
Kakani Khabar add

काठमाडौँ । चिनियाँ सरकारको आर्थिक सहयोगमा ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना शुरू भएको छ ।


नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शुभारम्भ गर्नुभएको हो । उहाँले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


चीनको ‘ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेशन फन्ड’ मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र नेपाल सरकारको समन्वय एवम् साझेदारी रहनेछ ।


कृषि क्षेत्र नेपालको सामाजिक–आर्थिक विकास, खाद्य सुरक्षा र गरिबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतमा खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्यपालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढाएको स्मरण गराउनुभयो ।


प्रविधि हस्तान्तरण, तालिम र ज्ञान आदानप्रदानका माध्यमबाट किसानको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएकाे यो परियोजनाले सन् २०३० सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास छ ।

Kakani Khabar add

सम्बन्धित खबर

टप एन्ड टी २० सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपालको ए टोली बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग पराजित भएको हो ।


नेपाललाई बंगलादेशले ९ विकेटले पराजित गर्‍यो । नेपालले दि...

थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश

काठमाडौँ ।  सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको छ ।


प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गएराति स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानून संशोधन गर्न बन...

के हर्क साम्पाङले केपी ओलीलाई हराउन घण्टीमा भोट मागे ?

साम्पाङको भाषणका दुई फरक सन्दर्भका अंश काँटछाँट गरी जोड्दा उनले घण्टीको पक्षमा मत मागेको जस्तो देखाइएको हो। पूर्ण भिडिओ विश्लेषण गर्दा उक्त दावी पुष्टि हुँदैन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को च...

लिखुमा एकैसाथ १६ विधाका सिपमूलक तालिम सुरु, ५०० भन्दाबढीको सहभागिता

चौघडा । नुवाकोटको लिखु गाउँपालिका मा महिला लक्षित सिपमूलक कार्यक्रम अन्तर्गत एकैसाथ १६ वटा विभिन्न विधाका सिपमूलक तालिम सुरु गरिएको छ ।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको उक्त तालिम का...

रसुवा बाढीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार २५२ पुग्यो

काठमाडौँ । गएको १० गते बुधवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म एक हजार २५२ जनाको शव भेटिएको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो १२ बजेसम्म ८ वटा जिल्लामा यी शव भेटिएक...

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा.तिमिल्सिना

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ ।


पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने...