Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

Main News Image
Kakani Khabar add

काठमाडौँ । नर्वेसँगको खेलमा  पुनरागमन जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 


आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हरायो । इंग्ल्यान्डको जीतमा दुवै गोल जुड बेलिङ्घमले गरेका छन् । खेलको पहिलो हाफको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिङ्घमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 


दोस्रो हाफमा सात मिनेट इन्जुरी समय दिइएको थियो । निर्धारित ९०मिनेटमा कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९३ औँ मिनेटमा बेलिङ्घमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरे । 


सेमिफाइनलमा इंग्ल्यान्डले साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्याण्डमध्ये एकसँग खेल्नेछ । 

Kakani Khabar add

सम्बन्धित खबर

साफ महिला च्याम्पियनशिपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौँ । साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–१ गोलले पराजित भयो ।


खेलको २३औँं मिनेटमा गीता रानाले गोल गर्दै ने...

नेपालद्वारा युएई ८ विकेटले पराजित

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ  विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा  यूएईले  नेपाललाई जितको लागि १२९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १५.५ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य पू...

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो ।


नर्वेको जितमा एर्लिङ हालाण्डले २ गोल गरे । उनले खेल...

टी–२० विश्वकप : भिड्दै छन् नेपाल र इङ्ल्याण्ड

काठमाडौं : शनिबारदेखि सुरु भएको टी-२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। 

मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसा...

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ ।

पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ...

चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले ४ स्वर्णसहित १५ पदक जिते

काठमाडौँ । नेपाली खेलाडीले चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग ग्लोबल फाइनलमा विभिन्न स्पर्धामा ४ स्वर्ण, ५ रजत र ६ कांस्य पदक गरी १५ पदक जितेका छन् ।


उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्रीले स्वर्ण प...