Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नुवाकोटमा ४२ सवारीसाधनको प्राविधिक जाँच, दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता

Main News Image
Kakani Khabar add

नुवाकोट । सवारीसाधनको खराब अवस्था, समयमै सर्भिसिङ तथा मर्मत–सम्भार नहुँदा हुन सक्ने सवारी दुर्घटना र त्यसबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटमा सवारीसाधनको प्राविधिक जाँच गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको सक्रियतामा यान्त्रिक कार्यालय नुवाकोटका इन्जिनियरसहितको टोलीले बुधबार बेलकोटगढी नगरपालिका–५, कोल्पुटारस्थित गल्छी–मैलुङ सडकखण्डमा सञ्चालनमा रहेका विभिन्न सवारीसाधनको यान्त्रिक परीक्षण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक बिनोद ढकालले जानकारी दिनुभयो । उहाँको अनुसार जाँचका क्रममा ७ वटा बस, १० वटा टिपर, ७ वटा जिप, ४ वटा अटो, १० वटा ट्रक र ४ वटा एक्साभेटर गरी जम्मा ४२ वटा सवारीसाधनको प्राविधिक परीक्षण गरिएको हो ।

ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक बिनोद ढकालका अनुसार सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सञ्चालन गर्दै आएका विभिन्न सचेतनामूलक अभियानसँगै यो कार्यक्रम नयाँ पहलका रूपमा सुरु गरिएको हो। प्राविधिकमार्फत सवारीसाधनको वास्तविक अवस्था परीक्षण गरी सम्भावित जोखिम पहिचान गर्ने र समयमै मर्मत गर्न सवारीधनीलाई सचेत गराउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

ट्राफिक प्रहरीले यस्ता प्राविधिक परीक्षण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै सडक सुरक्षालाई थप प्रभावकारी बनाउने जनाएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दै

नुवाकोटको लिखु गाउँपालिकाले संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्‍यो

नुवाकोट । लिखु गाउँपालिका शिक्षा शाखाले गाउँपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको लागि शुल्क निर्धारण गरेको जनाएको छ ।

पालिकाले तोकेको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा वा पालिकाबाट जारी निर्देशनको अवज्ञा गरेमा सम्बन्धित पक्...

आज सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौँ । आज सुनचाँदीको भाउ घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ ।


हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८...

लिखुमा एकैसाथ १६ विधाका सिपमूलक तालिम सुरु, ५०० भन्दाबढीको सहभागिता

चौघडा । नुवाकोटको लिखु गाउँपालिका मा महिला लक्षित सिपमूलक कार्यक्रम अन्तर्गत एकैसाथ १६ वटा विभिन्न विधाका सिपमूलक तालिम सुरु गरिएको छ ।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको उक्त तालिम का...

आज हरिशयनी एकादशी मनाइँदै

काठमाडौँ । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ ।


सना...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...