Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नवयुवा आन्दोलनको एक वर्ष पूरा:आज सार्वजनिक बिदा

Main News Image
Kakani Khabar add

काठमाडौँ । आज भदौ २३ गते नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको छ ।


एक वर्षको अवधिमा देशमा राजनीतिक रूपमा ठूलो परिवर्तन भएको छ । यस्तै, आन्दोलनले उठाएका सुशासन र जबाफदेहीताका सवालमा अहिले राज्य सञ्चालनको मूल बहसको हिस्सा बनेको छ ।


आन्दोलनअघि तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जालका प्लेटफर्ममाथि प्रतिबन्ध लगाएपछि युवामा असन्तुष्टि बढ्यो । डिजिटल पुस्ताका लागि सामाजिक सञ्जाल केबल मनोरञ्जनको माध्यम थिएन सूचना, अभिव्यक्ति, शिक्षा, व्यवसाय, रोजगारी र सामाजिक सम्बन्धको महत्त्वपूर्ण आधारसमेत बनिसकेको थियो ।


त्यसैले प्रतिबन्धलाई युवाले आफ्नो अभिव्यक्ति र डिजिटल अधिकारमाथिको हस्तक्षेपका रूपमा लिए । सामाजिक सञ्जालमै शुरु भएको विरोध केही दिनमै सडकमा पोखिएको थियो । भदौ २३ र २४ गते दुई दिन भएको आन्दोलनमा काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा युवा प्रदर्शनकारीको उल्लेख्य उपस्थिति देखियो ।


भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागिता आन्दोलनका प्रमुख विषय बने । सुशासन मुख्य एजेण्डा थियो । केही आशा लाग्दा कामको थालनी भए पनि युवाले खोजेको परिवर्तन अझै संस्थागत हुन सकेको छैन ।


यो आन्दोलनपछि लोकप्रिय मत पाएर प्रधानमन्त्री बनेका वालेन्द्र शाहले आन्दोलनसम्बन्धि प्रतिवेदन कार्यान्वयनमा बेवास्ता गर्नुभएको गुनासो छ । आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।


ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । आज सार्वजनिक बिदा भए पनि नेपाल राष्ट्र बैंकले आफ्ना र मातहतका अत्यावश्यक बैंकिङ सेवा भने खुला राख्ने भएको छ ।


प्राकृतिक विपद्पछिको अवस्था र राहत कार्यलाई ध्यानमा राख्दै बैंकिङ काउन्टर तथा अत्यावश्यक सेवा बन्द नगरी नियमितरुपमा सञ्चालन गर्न राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागले निर्देशन दिएको हो ।  

 

Kakani Khabar add

सम्बन्धित खबर

‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न, विद्यार्थीका समस्या र सुझाव संकलन

नुवाकोट । विदुर नगरपालिका वडा नं ५, देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नं ३, ५ तथा वडा नं १२ को बिरेन्द्र माध्यमिक विद्यालयका प्रतिनिधि विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रम...

लिखु गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई सम्पन्न

नुवाकोट । लिखु गाँउपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पादित क्रियाकलाप, नागरिकहरुलाई प्रदान गरिएको सेवा, सुविधा लगायत लिखु गाँउपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा जानकारी दिने र नागरिकहरु...

नुवाकोटको प्रहरी–प्रशासन प्रति सूर्यगढीबासी सन्तुष्ट !!

चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाबासीले प्रहरी–प्रशासनबाट प्रवाह भइरहेको सेवा प्रति सन्तुष्ट जनाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तरगत बिहीबार सूर्यगढी गाउँपालिकामा आयोजना गरेको <...

विश्वकप २०२६ : पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दैछन् । समूह ‘के’ को यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा हुनेछ ।


प्रतियोगितामा दुवै टोली पहिलो जीतको खोजीमा छन् । पोर्चुगलले पहिलो खेलमा...

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौँ । नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 


आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ र...

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

काठमाडौँ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर...