Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

युएईस्थित नेपाली दूतावासले भन्यो- भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्नू

Main News Image
Kakani Khabar add

युएईस्थित नेपाली दूतावासले भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्न अनुरोध गरेको छ।

आइतबार एड्भाइजरी जारी गर्दै दूतावासले अज्ञात स्रोतबाट लिइएका कुनै पनि सामग्री प्रसारण नगर्न अनुरोध गरेको हो। 

‘युएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न र यहाँको सुरक्षा स्थितिबारे भ्रम लिने किसिमले तस्बिर/भिडिओ खिची पोष्ट नगर्न युएईमा रहनुभएका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ,’ एड्भाइजरीमा भनिएको छ।

यस्ता सामग्री दण्डनीय हुनसक्ने भएकाले सचेत रहन अनुरोध गरेको हो।

‘यस्ता कार्य कानून बमोजिम दण्डनीय हुने चेतावनी युएईका आधिकारिक निकायबाट जारी भएको छ,’ एड्भाइजरीमा उल्लेख छ।

Kakani Khabar add

सम्बन्धित खबर

खामेनीको मृत्युपछि इरानमा को बन्छ सर्वोच्च नेता, कसरी छानिन्छ?

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ।

...

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । आज दुई जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे ।


प्रधानमन्त्री शाहकाे सिफारिशमा राष्ट्रपति रामचन्द्र...

दुर्गा प्रसाईं पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

आइतबार बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले  जानकारी दिए।

...

समानुपातिक सांसदले प्रमाणपत्र पाए

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।


आयोगले आज एक कार्यक्रमकाबीच समानुपातिकतर्फका १ सय १० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरूलाई आयो...

रास्वपाको कर्णाली प्रदेश र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी छाडेका छन्।

रास्वपा छाडेका दुवै नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस उपसभापति विश्वप्रकाश...

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङको राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । लगानीका विषयमा विवाद भएर चौतर्फी आलोचना भएपछि गुरुङको राजीनामा आएको हो ।


गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेख्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले आफूसँग स...