Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न पाइँदैन ?

Main News Image
Kakani Khabar add

काठमाडौँ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिले आफ्नो प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाएको छ । प्रतिनिधिसभाको बैठकले गएको चैत २३ गते गठन गरेको रास्वपाका सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले आज नियमावलीको मस्यौदा बुझाएको हो ।


मस्यौदामा बैठक कक्षमा फोन मौन अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने उल्लेख छ । यस्तै अशिष्ट, अश्लील, अपमानजनक शब्द वा कुनै जाति, धर्म, भाषा, वा लिङ्गलाई होच्याउने गरी बोल्न तथा बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरुपयोग गर्न नहुने पनि मस्यौदामा भनिएको छ ।


यस्तै सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने र तोकिएको स्थानमा उभिएर बोल्नुपर्ने, सभामुखले बैठकलाई सम्बोधन गरिरहेको बेला कुनै पनि सदस्यले आफ्नो स्थान छाड्न नहुने र बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने जस्ता कुरा राखिएका छन् । यस्तै बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने, आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको ७ दिनभित्र अनिवार्य जवाफ दिनुपर्नेलगायतको विषय समेटिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

राष्ट्रियसभा उपाध्यक्षको चुनाव चैत २३ गते

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदको चुनाव चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमा चुनावको मिति तोक्नुभएको हो । उहाँले चुनाव कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिव पद्मप्रसा...

राहदानी विभागद्वारा ‘डाटा माइग्रेसन’ सम्पन्न

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डाटा माइग्रेसन’ कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

विभागले एक सूचना जारी गर्दै असार २९ गते देखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा...

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौँ ।  पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेमा रहेको उहाँकै निवासबाट पक्राउ गरिएको थियो ।


नेता लेखकलाई २ नं ग...

नुवाकोटको प्रहरी–प्रशासन प्रति सूर्यगढीबासी सन्तुष्ट !!

चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाबासीले प्रहरी–प्रशासनबाट प्रवाह भइरहेको सेवा प्रति सन्तुष्ट जनाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तरगत बिहीबार सूर्यगढी गाउँपालिकामा आयोजना गरेको <...

भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।


ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण...

एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने

काठमाडौँ । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।


एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेकाे विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने न...