Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

राहदानी विभागद्वारा ‘डाटा माइग्रेसन’ सम्पन्न

Main News Image
Kakani Khabar add

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डाटा माइग्रेसन’ कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

विभागले एक सूचना जारी गर्दै असार २९ गते देखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको हो।

यस ऐतिहासिक स्थानान्तरणका क्रममा करिब १ करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा सारिएको विभागले उल्लेख गरेको छ।

सुरुवाती दिनमा प्राविधिक चुनौती आउन सक्ने
नयाँ प्रणाली कार्यान्वयन भएसँगै सुरुवाती दिनहरूमा केही प्राविधिक चुनौतीहरू देखिनु स्वाभाविक भएको विभागको भनाइ छ। यसले गर्दा प्रणालीमा केही सुस्तता आउने र राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने सम्भावना औँल्याइएको छ।

प्रणालीमा आउन सक्ने सम्भावित समस्याहरूलाई तत्काल समाधान गर्न विभागको प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू २४सै घण्टा खटिएका जनाइएकाे छ।

प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधार भइरहेकाले देखिएका समस्याहरूको शीघ्र र दीर्घकालीन समाधान गर्न विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको जारी सूचनामा उल्लेख छ।

अत्यावश्यक भएकाहरूलाई मात्र आवेदन दिन आग्रह

नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन विभागले सेवाग्राहीहरूसँग सहयोगको अपिल गरेको छ। प्रणालीको सुरुवाती चरणमा अत्यावश्यक राहदानी चाहिने सेवाग्राहीहरूले मात्र आवेदन दिन विभागले अनुरोध गरेको हो।

साथै, राहदानी सेवा सम्बन्धी कुनै पनि भ्रममा नपरी विभाग वा मन्त्रालयको आधिकारिक माध्यमहरूबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन समेत सम्पूर्ण सेवाग्राहीहरूमा आग्रह गरिएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी

काठमाडौँ । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उ...

सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने

काठमाडौँ । सरकारले सूचना प्रविधि विभागलाई अब ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ का रूपमा रूपान्तरण गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण...

नुवाकोटको लिखु गाउँपालिकाले संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्‍यो

नुवाकोट । लिखु गाउँपालिका शिक्षा शाखाले गाउँपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको लागि शुल्क निर्धारण गरेको जनाएको छ ।

पालिकाले तोकेको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा वा पालिकाबाट जारी निर्देशनको अवज्ञा गरेमा सम्बन्धित पक्...

आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना

काठमाडौँ । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेकाले सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठ...

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ । 


वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअ...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभाग...