Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रोल्पाका सन्देशको सहारा बन्दै 'शिवम् सिमेन्ट'

Main News Image
Kakani Khabar add

काठमाडौँ । दुवै हात नचल्ने भए पनि खुट्टाको सहायताले लेखेर अध्ययन गरिरहेका रोल्पाका सन्देश बुढा मगरले अब काठमाडौमा पढ्ने अवसर पउनुभएको छ ।


उनको संघर्षपूर्ण समाचार  प्रकाशन भएपछि  शिवम् सिमेन्ट लिमिटेडले उनको माध्यमिक तहसम्मको सम्पूर्ण अध्ययनको जिम्मा लिएको हो । शिवम् सिमेन्टका मार्केटिङ डेपुटी जनरल म्यानेजर केशव अर्यालले सन्देशलाई रोल्पा आएर काठमाडौं लैजाने व्यवस्था मिलाउनुभएको थियो । उनका अनुसार सन्देशको उपचारमा समेत प्रयास गरिनेछ । विशेषज्ञ चिकित्सकलाई भेटेर सन्देशको स्वास्थ्य अवस्थाबारे परामर्श गरिने अर्यालले बताउनुभयो ।


रोल्पा नगरपालिका–१०, धाङसी निवासी १२ वर्षीय सन्देशको आर्थिक अवस्था कमजोर भएको र थप अध्ययनका लागि अपाङ्गमैत्री विद्यालयको अभाव रहेको समाचारबाट थाहा पाएपछि  कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो पहल गरेको हो । जन्मजात दुवै हात नचल्ने भए पनि सन्देशले खुट्टाकै भरमा लेखेर स्थानीय धबाङ प्राविबाट कक्षा ५ उत्तीर्ण गर्नुभएको थियो ।


शिवम् सिमेन्टले सन्देशको माध्यमिक तहसम्मको अध्ययनलाई निरन्तरता दिन काठमाडौँको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरेको छ । सन्देशको आवास, हेरचाह र शिक्षाका लागि लाग्ने अर्धवार्षिक खर्च अपाङ्ग नवजीवन केन्द्रलाई कम्पनीले नै उपलब्ध गराउने भएको छ । अपांगता भएका विद्यार्थीले थप पढ्ने र उपचार गर्ने मौका पाएकामा प्रधानाध्यापक जयनसिं बुढा मगरले खुशी व्यक्त गर्नुभयो ।


'समाजका हरेक वर्गको विकासमा साथ दिने हाम्रो लक्ष्यअनुरूप विशेष क्षमता भएका बालकलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न पाउँदा हामी गौरवान्वित छौँ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शिक्षा नै सशक्त भविष्यको आधार हो र सन्देशजस्ता प्रतिभावान बालकलाई प्रोत्साहन दिनु हाम्रो कर्तव्य हो ।' शिवम् सिमेन्टका प्रतिनिधिले सन्देशलाई लिन उनको घरमै पुगेर कमजोर आर्थिक अवस्थाका बारेमा समेत अध्ययन गर्नुभयो ।


सुरुमा सन्देशको कारुणिक भिडियो स्थानीय शिक्षक खिम बुढा मगरले खिच्नुभएको थियो । त्यसलगत्तै विभिन्न सञ्चारमाध्यमबाट उनीबारेका समाचार सार्वजनिक भएका थियो । उनप्रति विश्वभरका नेपाली र परोपकारी संस्थाको पनि  ध्यानाकर्षण भएको थियो । उनलाई सहयोग जुटाउन पत्रकार, बुद्धिजीवी र समाजसेवीहरूले निरन्तर पहल गरिरहेका थिए । समाचार प्रभावकै कारण एउटा प्रतिभावान् बालकले अब काठमाडौँको व्यवस्थित वातावरणमा पढ्न पाउने भएपछि परिवार र स्थानीयमा खुसीयाली छाएको छ । सन्देशका बुबा रामुले अब आफ्नो अपांगता भएको छोराले पढ्ने, उपचार गराउने  र उचित हेरचाह पाउने बताउनुभयो ।


यसअघि सन्देशले खुट्टाकै औँलाको सहाराले उत्तरपुस्तिकामा अक्षर भरेको दृश्यले धेरैलाई भावुक बनाएको थियो । शिवम् सिमेन्टको यो सहयोगले उनको संघर्षपूर्ण जीवनमा ठूलो राहत पुग्ने र भविष्यमा केही बन्ने सपना साकार हुने विश्वास लिइएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

तारकेश्वरका स्वास्थ्य र शिक्षण संस्था आइतबार बन्द नहुने

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलको निर्देशन अनुरूप तारकेश्वर गाउँपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रहरू आज आइतबार खुला रहेका छन् ।


संघीय सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने नीति अख्तियार गरे लगत्तै ग...

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न पाइँदैन ?

काठमाडौँ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिले आफ्नो प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाएको छ । प्रतिनिधिसभाको बैठकले गएको चैत २३ गते गठन गरेको रास्वपाका सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले आज नियमावलीको मस्यौदा बुझाएको हो ।

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ ।  सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर  २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ त...

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ ।


सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले स...

वृद्धभत्ता वितरणसँगै स्वास्थ्य सेवा: तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु हुँदै

नुवाकोट । तारकेश्वर गाउँपालिकाले वैशाख ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म सबै वडामा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने भएको छ ।


‘गाउँपालिका अ...

ढुङ्गाना र शाह 'उत्कृष्ट कर्मचारी'को रुपमा सम्मानित

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत उज्वल ढुङ्गानासोनुकुमार शाह उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ । नगरपालिकाको दोश्रो अधिवेशनको आठौँ नगरसभाको अवसर बनाई पछिल्लो एक आर्थिक वर्षको अवधिमा...