Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रुसी आक्रमणमा युक्रेनमा कम्तीमा १४ जनाको ज्यान गयो

Main News Image
Kakani Khabar add

काठमाडौँ । रुसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा ९ र राजधानी किएभमा ५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।


पछिल्ला महिनाहरूमा रुसले गरेको सबैभन्दा ठूला आक्रमणहरूमध्ये यो एक हो । रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिकासहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ । यद्दपि घाइतेहरूको सङ्ख्या सार्वजनिक भएको छैन ।


गएको महिना रुसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा २१ जनाको ज्यान गएको थियो । यो आक्रमणको प्रतिक्रियास्वरूप रुसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।


किएभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नुभएको छ ।


मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रुसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ । यसबीचमा एउटा आवासीय भवनमा भएको आक्रमणमा ३ बालबालिकासहित २४ जनाको ज्यान गएको थियो ।


यस्तै युक्रेनले पनि रुसमाथि आक्रमण गरिरहेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

विश्वकै ठूला तेल तथा ग्यास उद्योग मध्यपूर्व युद्धको निशानामा

काठमाडौँ । मध्यपूर्वमा युद्ध थप चर्किँदै गएको छ । इजरायल र इरानबीच एकअर्कामाथि आक्रमण गर्ने क्रम तीव्र रूपमा भइरहेको छ ।


इरानको सरकारी टेलिभिजनका अनुसार राजधानी तेहरानतर्फ हिजो थप चार चरणमा मिसाइल प्रहार भएको छ । घटनाले क्षेत्रीय...

खाडी देशहरूमा आक्रमण सुरु, अबुधाबीमा एकको मृत्यु, लाखौं नेपाली खतरामा

काठमाडौँ । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरान सहित धेरै शहरहरूमा आक्रमण गरेको थियो । प्रतिक्रियामा इरानले इजरायल विरुद्ध बदला लिन...

इरानका सर्वोच्च नेता खामेनी मारिएको अमेरिकी दाबी, इरानद्वारा खण्डन

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन् । यो इरानका जनत...

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ४० दिन शोक घोषणा

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समे...