Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

Main News Image
Kakani Khabar add

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशनको चुनावी प्रक्रिया स्थगित भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गर्नुपरेको हो ।


यस्तै झन्डै ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्नुपर्ने छ भने प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्न र चुनावी प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको हो ।


केन्द्रीय निर्वाचन आयोगले निकालेको विज्ञप्तिमा मतदान प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान शुरू हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराउने उल्लेख छ ।


बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

Kakani Khabar add

सम्बन्धित खबर

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु

पर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्युपर्साको वीरगञ्ज महा...

मध्यपूर्वमा मिसाइल बर्सिँदा रातभरि निदाउन सकिनँ-ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा मिसाइल बर्सिँदा आफू रातभरि निदाउन नसकेको बताएका छन्।

आइतबार बिहानीपख फेसबुकमा स्ट्याटस लेख्दै ओलीले आकाशबाट बर्सिएका  मिसाइलको धुवाँको दृश्यले रातभरि निद्रा नपरेको बताएका हुन्।

...

पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले ५ दिन थप समय माग्यो

काठमाडौँ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप ५ दिन समय मागेको छ ।


प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हिजो पत्राचार गरेको हो । गए...

प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा नछाड्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष कार्यकारी प्रमुखको एजेन्डा आफ्नो पार्टीले नछाडेको स्पष्ट पारेका छन्।

शनिबार रोल्पामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त मुद्दा अझै अधूरो रहे...

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौँ । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गरेको छ ।


मन्त्रिपरिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सर...

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिए

काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका हुन् ।


एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...