Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन

Main News Image
Kakani Khabar add

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।


अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८३’ जारी गरी कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि २०८२ मा केही दफाहरू संशोधन गरी नयाँ व्यवस्था थप गरेको छ ।


संशोधित कार्यविधिमा विशेष परिस्थितिका कारण किस्ता ढिला तिरेका ऋणीलाई पनि अनुदानबाट वञ्चित नहुने व्यवस्था गरिएको छ । अब कुनै ऋणीले परिस्थितिजन्य कारणले कुनै त्रैमासिकमा तिर्नुपर्ने किस्ता समयमै भुक्तानी गर्न नसकेमा अर्को त्रैमासिकमा बक्यौता चुक्ता गरी कर्जा नियमित गरेमा ब्याज अनुदान निरन्तर पाउनेछन् । यसका लागि बैंक तथा वित्तीय संस्थाले ढिलाइको कारण र कर्जाको सदुपयोग भएको यकिन गर्नुपर्नेछ ।


यसअघि ब्याज अनुदानको रकम प्राप्त गर्न कर्जा उपभोगको आधारमा ऋणीले नियमित समयमा नै किस्ता भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।


संशोधित कार्यविधिअनुसार साविक सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अन्तर्गत प्रवाह भई नवीकरण भएका कर्जामा अनुदान शुरू भएको मितिदेखि अधिकतम ५ वर्षसम्म ब्याज अनुदान उपलब्ध हुनेछ ।


यस्तै कार्यविधिमा प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा प्रवाह गर्दा ऋणीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आवास निर्माण अनुदान नलिएको स्वघोषणा अनिवार्यरूपमा पेश गर्नुपर्ने व्यवस्था थप गरिएको छ ।


कृषि तथा पशुपक्षी कर्जा ५ करोड, महिला उद्यमशील कर्जा २५ लाख, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा २० लाख, शिक्षित युवा परियोजना कर्जा २० लाख, दलित समुदाय उद्यम विकास कर्जा २० लाख, स्टार्टअप उद्यम कर्जा २५ लाख, उद्योगमा बोइलर प्रतिस्थापन कर्जा ५० लाख र प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा ५ लाख रुपैयाँसम्म सहुलियत ब्याजमा पाइनेछ ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपालले दियो अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।


नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएकाे हाे...

सरकारको अनुमतिपछि सुरुङको उद्धारमा खटियो भारतीय र चिनियाँ टोली

काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवाको माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ ।


सरकारको अनुमतिमा ६ जना चिनियाँ विज्ञ खटाएको प्रधान...

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले झण्डै एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ ।


शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका विद्यालय सञ्चालकको छाता सङ्गठन...

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।


‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अ...

एमाले नुवाकोट उपाध्यक्ष तथा बेलकोटगढीका निवर्तमान नगरप्रमुख खनालको निधन

नुवाकोट । नेकपा (एमाले) नुवाकोटका उपाध्यक्ष राजेन्द्ररमण खनालको आज निधन भएको छ ।


फोक्सोमा समस्या देखिएसगैँ पछिल्लो एक महिनादेखि जनमैत्री अस्पताल बालाजुमा उपचाररत रहनुभएका खनालको आज अपरान्ह निधन भएको उहाँको भाई रमेशरमण खनालले ज...

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय

काठमाडौँ । केवाइसी अपडेट अर्थात् व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय रहेको पाइएको छ ।


यस्तो ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक...