Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै

Main News Image
Kakani Khabar add

काठमाडौँ । हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले परम्परागत हुलाकको अस्तित्वमा प्रश्न उठिरहेको समयमा हुलाकलाई स्मार्ट बनाउने सरकारको योजना प्रभावकारी बन्दै गएको छ ।


डिजिटल प्रविधिको विस्तारसँगै हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई तीव्रता दिएको हो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय दिने कार्ययोजनामा अनुसार राहदानी, नागरिकताको प्रतिलिपि, गाडी चालक अनुमतिपत्र लगायत सरकारी कागजात नागरिकको घरमै पुर्‍याउने व्यवस्था गर्ने उल्लेख गरिएको थियो ।


हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार पहिलो चरणमा देशभरका ५०  वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । यसअन्तर्गत कार्यालयहरूमा आधुनिक पूर्वाधार, डिजिटल सुरक्षा प्रणाली, अनलाइन ट्र्याकिङ, विद्युतीय भुक्तानी सुविधा, इन्टरनेट सेवा तथा सूचना प्रविधिमा आधारित सेवा विस्तार गरिनेछ । विभागले स्मार्ट हुलाक सञ्चालनमा आएपछि सरकारी सेवामा नागरिकको पहुँच अझ सहज हुने, विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच विस्तार हुने अपेक्षा लिएको छ ।


हुलाकलाई अब केवल चिठीपत्र आदानप्रदान गर्ने संस्थाका रूपमा नभई आधुनिक सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको विभागको भनाइ छ । सरकारको पहलपछि हुलाकमार्फत राहदानी, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र तथा स्वास्थ्य परीक्षण प्रतिवेदन घरमै पुर्‍याउने सेवा शुरु गरिएको विभागले जनाएको छ ।


सरकारले स्मार्ट हुलाक कार्यक्रमलाई चरणबद्ध रूपमा देशभर विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक नीति, पूर्वाधार तथा प्रविधि विकासको काम अघि बढिरहेको विभागले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

सुनको भाउ आज एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौँ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ ४ हजार ८०० रुपैयाँले घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा ३ हजार ४०० रुपैयाँले बढे...

सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौँ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।


सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ ।

...

नुवाकोटको लिखु गाउँपालिकाले संस्थागत विद्यालयहरूको शुल्क निर्धारण गर्‍यो

नुवाकोट । लिखु गाउँपालिका शिक्षा शाखाले गाउँपालिका भित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरूको लागि शुल्क निर्धारण गरेको जनाएको छ ।

पालिकाले तोकेको शुल्कभन्दा बढी रकम असुल गरेको पाइएमा वा पालिकाबाट जारी निर्देशनको अवज्ञा गरेमा सम्बन्धित पक्...

गाडीमा ‘ओभरलोड’ नियन्त्रण गर्न ५ लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

काठमाडौँ । सरकारले सडक तथा पुलको संरक्षणका लागि मालवाहक गाडीको भारवहन क्षमतामा कडाइ गर्ने तयारी गरेको छ ।


क्षमताभन्दा धेरै ‘’लोड बोकेर सडक र पुलमा क्षति पुर्‍याउने मालवाहक गाडीलाई प्रतिपटक ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने गरी स...

मुस्ताङमा सशस्त्र प्रहरी बलले समातेका ‘बीवाइडी’ गाडी फुकुवा

काठमाडौँ ।  मुस्ताङमा दुई हप्तादेखि सशस्त्र प्रहरीले समातेका ‘बीवाइडी’ कम्पनीको चिनियाँ विद्युतीय गाडी फुकुवा गरिएको छ ।


सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरला नाकामा नियन्त्रणमा लिइएका ती गाडी अस्ति आइतबार बेलुकादेखि फुकुव...

तीन हजार २९ जनाको उद्धार, बेपत्ताको खोजी तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको अनुसार गए रातिसम्म तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न...