Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन

Main News Image
Kakani Khabar add

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो ।


सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा मुस्ताङको कोरला नाकाबाट ७ सय ७५, नुवाकोटको पासाङल्हामु सडक खण्डबाट २ र धादिङको आदमघाटबाट २ गरी कुल ७ सय ७९ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको छ ।


नियन्त्रणमा रहेका गाडीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर भित्र्याइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ । छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाडी सशस्त्र प्रहरी बलकै निगरानीमा रहने छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

कृष्णभीरमा त्रिशूलीको बाढीले कटान गरेपछि नागढुङ्गा-मुग्लिन सडक अवरुद्ध

काठमाडौँ । त्रिशूली नदीमा जलसतह बढेपछि नागढुङ्गा-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।


धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले सडकलाई तलबाट कटान गरेपछि गाडी सञ्चालनमा रोक लगाइएको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसा...

बाघको सङ्ख्या ४ सय २९ पुग्यो

काठमाडौँ । नेपालमा बाघको सङ्ख्या ४२९ वटा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो ।


कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ गणना...

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन

काठमार्डौँ ।  नेकपा एमालेकाे संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन हुनुभएको छ ।


संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनावी प्रक्रिया शुरू भएको भए पनि थापाको मात्रै उम्मेदवारी परेपछि...

आज धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

काठमाडौँ । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ ।


गर्मी र खेतीपातीको कामको बेला दही चिउराले शरीरमा शीतलता भई शक...

विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु, ४ हजार भन्दा बढी घटना

काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७  गतेसम्म देशका विभिन्न भागमा चा...

वितेको ११ महिनामा ७ लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे

काठमाडौँ ।  वितेको ११ महिनामा ७ लाखभन्दा धेरै पर्यटक बेनी–जोमसोम सडक भएर मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार गएको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७ सय ५४ जना पर्यटक मुस्ताङ प्र...