Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

Main News Image
Kakani Khabar add

काठमाडौँ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा समिति गठन गरेको थियो ।


कोरला नाकाबाट पैठारी गरिएका विद्युतीय गाडीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली हिजो बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेको थियो । आज कोरला नाका पुग्ने भन्सार कार्यालय मुस्ताङका प्रमुख बिदुर चुडालले जानकारी दिनुभयो ।


छानबिन टोलीले मुस्ताङ पुग्नुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाडीको अनुमगन गरेको थियो । चीनबाट नेपाल भित्रिएका ती गाडीको आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान थालेको हो ।


सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडीलाई नियन्त्रणमा लिएको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

चौतारागाउँदेखि आँपचौरसम्म 'एक घर एक धारा' सञ्चालन, नपुगेका बस्ती समेट्न १ करोड बजेट बिनियोजन

नुवाकोट । तारकेश्वर गाउपालिकाको 'गौरवको आयोजना'को रूपमा रहेको जोरघट्ट खानेपानी आयोजना अन्तर्गत चौतारागाउँ, सातदोबाटो, धैरिनी, आँपचौर लगायत गाउँमा 'एक घर एक धारा' निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 


गाउँपालिका अध्यक्ष शिव अ...

वृद्धभत्ता वितरणसँगै स्वास्थ्य सेवा: तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु हुँदै

नुवाकोट । तारकेश्वर गाउँपालिकाले वैशाख ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म सबै वडामा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने भएको छ ।


‘गाउँपालिका अ...

प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख जम्मा

काठमाडौँ । रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।


प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले राहत काेषमा आर्थिक सहयोग जुटाइ...

गृहमन्त्री गुरुङद्वारा ३ वटा अध्यादेश पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्नुभएको छ ।


सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत गृहमन्त्री गुरुङले ‘नागरिकतास...

सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौँ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।


सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ ।

...

ट्राफिक सप्ताह २०८३ अन्तर्गत नुवाकोटमा १५ चालकको लागू पदार्थ परीक्षण, २ जना पोजिटिभ भेटिए ।


नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले मनाइरहेको ‘ट्राफिक सप्ताह २०८३’ को पाँचौँ दिन लागू पदार्थ सेवन (लाप.से.) नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।