Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

श्रम तथ्याङ्क संकलन गर्न देशभर चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालनमा

Main News Image
Kakani Khabar add

काठमाडौँ । श्रम बजार सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन गरेको छ ।


कार्यालयका अनुसार देशको कुल श्रमशक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्न सर्वेक्षण शुरु गरिएको हो ।


मौसमी रोजगारीमा हुने उतारचढाव र त्यसको प्रभावसमेत अध्ययन गर्न गएको फागुनदेखि तथ्याङ्क सङ्कलन शुरु गरिएको छ भने आउँदो फागुनसम्म चल्नेछ ।


राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसङ्ख्यालाई समेटिनेछ । यस क्रममा शिक्षा र सीपको स्तर, श्रमको प्रकृति, बालश्रम, बाध्यकारी श्रम तथा जोखिमयुक्त कामको अवस्थाबारे पनि विस्तृत तथ्याङ्क सङ्कलन गरिनेछ ।


सर्वेक्षणअन्तर्गत सातवटै प्रदेशका झण्डै १८ हजार घरपरिवारमा गणक परिचालन गरी आवश्यक विवरण सङ्कलन गरिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ ।


नेपालमा श्रमशक्ति सर्वेक्षण पहिलोपटक २०५५/५६, दोस्रोपटक २०६४/६५ र तेस्रोपटक २०७४/७५ सालमा सञ्चालन गरिएको थियो ।


चौथो सर्वेक्षणबाट प्राप्त हुने तथ्याङ्कले श्रम, रोजगारी तथा मानव स्रोत विकाससम्बन्धी नीति निर्माण र योजना तर्जुमामा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ । जलनका बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गएको छ ।


मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ११ बजेतिर ज्यान गएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक पव...

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौँ ।  पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेमा रहेको उहाँकै निवासबाट पक्राउ गरिएको थियो ।


नेता लेखकलाई २ नं ग...

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय गाडी आयात भएका छन् । 


भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवा...

नुवाकोटको तारकेश्वरका ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार प्रदान, शिक्षक र विद्यालय पनि सम्मानित

नुवाकोट । एसइई परीक्षामा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाले जनही रु. ५० हजारसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

सरकारले असार २९ देखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

काठमाडौँ । सरकारले पर्सि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज...

विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स

विदुर, जेठ २५ : नुवाकोटको विदुर नगरपालिकाको सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूले निशुल्क ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । विदुर निवासी युव...