Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिको माग गर्दै काठमाडौमा धर्ना

Main News Image
Kakani Khabar add

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेका छन्।

स्थानीय कृषक, व्यापारी, युवा तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा सडकको दयनीय अवस्थाका कारण जनजीवनमा परेको प्रत्यक्ष असरबारे आवाज उठाइएको थियो। सहभागीहरूले सडकको बिग्रँदो अवस्थाले कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा यातायात क्षेत्र गम्भीर रूपमा प्रभावित भएको बताएका थिए ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसन का तर्फबाट नुवाकोट जिल्ला अध्यक्ष बालकृष्ण ढुंगाना, कृषक तथा व्यापारीहरूको तर्फबाट प्रकाश मुडभरी तथा विद्यार्थीहरूको तर्फबाट बसन्त गुरुङ को सहभागिता रहेको थियो।

कार्यक्रमको सम्पूर्ण संयोजन युवा समाजसेवी तथा कृषिक्षेत्रमा सक्रिय व्यक्तित्व अमृत पुडासैनीले गरेका थिए। पछिल्लो समय ग्रामीण विकास, कृषि उत्पादन तथा स्थानीय बजार व्यवस्थापनमा सक्रिय भूमिका खेल्दै आएका पुडासैनीलाई क्षेत्रीय स्तरमा उदाउँदो युवा नेतृत्वका रूपमा हेरिन थालिएको छ। विशेष गरी डेरी तथा दुग्ध क्षेत्रको बजार व्यवस्थापन, कृषकका उत्पादनको बजारीकरण तथा युवाहरूलाई कृषि पेशातर्फ आकर्षित गराउने अभियानमा उनको सक्रियता उल्लेखनीय मानिन्छ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पुडासैनीले तीनपिप्ले–गल्छी सडक केवल पूर्वाधारको विषय मात्र नभई हजारौँ नागरिकको भविष्य र जीवनस्तरसँग जोडिएको विषय भएको बताएका थिए। उनले सडक निर्माणमा भएको ढिलाइका कारण स्थानीय किसान, विद्यार्थी, बिरामी तथा व्यापारीहरूले दैनिक रूपमा कठिनाइ भोग्नुपरेको उल्लेख गरे।

“किसानले उत्पादन गरेको तरकारी, दूध तथा अन्य कृषि उपज समयमै बजारसम्म पुर्‍याउन सकिरहेका छैनन्। यातायातको अभाव र सडकको खराब अवस्थाले उत्पादनको उचित मूल्यसमेत पाउन कठिन भएको छ,” उनले भने। “यदि यो सडक व्यवस्थित रूपमा निर्माण हुने हो भने यस क्षेत्रको कृषि, पर्यटन, व्यापार र समग्र आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउनेछ।”

धर्ना कार्यक्रममा सहभागीहरूले “कृषक, युवा, व्यापारी — एउटै स्वर, सडक बनाउ विकासको ढोका खोल”, “किसानको पसिनाको सम्मान गर, तीनपिप्ले–गल्छी सडक छिटो निर्माण गर”, “अहिले नभए कहिले ?”, “आश्वासन त पाएकै थियौं पहिले जस्तै”, “सडक हाम्रो अधिकार हो” तथा “तीनपिप्ले–गल्छी सडक तत्काल कालोपत्रे गर” लगायतका नाराहरू लगाउँदै सडक निर्माण कार्य तत्काल अघि बढाउन माग गरेका थिए।

स्थानीयवासीहरूका अनुसार तीनपिप्ले–गल्छी सडक नुवाकोटका ककनी तथा बेलकोटगढी क्षेत्रलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण मार्ग हो। तर वर्षौँदेखि सडक स्तरोन्नति कार्य सुस्त हुँदा स्थानीय जनताले हिउँदमा धुलो र वर्षायाममा हिलोको समस्या झेल्दै आएका छन्। कतिपय स्थानमा सडक जोखिमपूर्ण बन्दै जाँदा दुर्घटनाको सम्भावना समेत बढेको स्थानीयहरूको भनाइ छ।

विशेषगरी कृषिप्रधान क्षेत्रका रूपमा परिचित ककनी तथा बेलकोटगढीमा उत्पादन हुने तरकारी, दूध तथा अन्य कृषि उपज बजारसम्म पुर्‍याउन सडक मुख्य आधार भए पनि कमजोर पूर्वाधारका कारण किसानहरू प्रत्यक्ष मारमा परेका छन्। स्थानीय व्यापारीहरूले पनि ढुवानी लागत बढेको तथा व्यवसाय विस्तारमा समस्या भएको बताएका छन्।

कार्यक्रमका आयोजकहरूले सरकार तथा सम्बन्धित निकायलाई तीनपिप्ले–गल्छी सडक निर्माण कार्यलाई प्राथमिकतामा राखी तत्काल प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्। साथै, जनताको धैर्यको परीक्षा धेरै भइसकेकाले अब व्यवहारिक रूपमा काम सुरु हुनुपर्ने उनीहरूको माग रहेको छ।

आन्दोलन समितिले आगामी दिनमा पनि जनताको आवाजलाई शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट निरन्तर उठाइरहने जनाएको छ।

Kakani Khabar add

सम्बन्धित खबर

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ ।


विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेप...

पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मा...

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाण्डौ उपत्यकामा कृत्रिम अभाव

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै काठमाण्डाै उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ । केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री/वितरण बन्द गरेका छन् ।


धेरै पम...

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । 


आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलील...

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

-रामहरि न्यौपाने
नुवाकोट । पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियामध्ये करिब १३ हजार बिरुवाबाट उत्पादन सुरु भएको गाउँपालि...

नुवाकोटमा ४२ सवारीसाधनको प्राविधिक जाँच, दुर्घटना न्यूनीकरण अभियानलाई तीव्रता

नुवाकोट । सवारीसाधनको खराब अवस्था, समयमै सर्भिसिङ तथा मर्मत–सम्भार नहुँदा हुन सक्ने सवारी दुर्घटना र त्यसबाट हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटमा सवारीसाधनको प्राविधिक जाँच गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको...