Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न, नीति तथा कार्यक्रम सर्वसम्मत पारित

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउँपालिकाको १३औँ गाउँसभा दाङसिङ रयलछापस्थित गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासकीय भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको हो।

पारित नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास, कृषि तथा सीप विकासलाई प्राथमिकतामा राखिएको छ। विद्यालय कर्मचारी तथा लेखापाललाई गाउँपालिकाले उपलब्ध गराउँदै आएको अतिरिक्त सुविधालाई निरन्तरता दिँदै मासिक ३ हजार रुपैयाँ थप वृद्धि गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा तथा अन्य लक्षित वर्गका नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ताका अतिरिक्त प्रोत्साहन तथा जीविकोपार्जनमा सहयोग पुग्ने गरी थप सहयोग रकम उपलब्ध गराउने नीति लिइएको छ।

शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै दाङसिङ माध्यमिक विद्यालयमा स्नातक तह सञ्चालन का लागि बजेट व्यवस्था गरिएको छ। विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न मासिक प्रगति विवरणको समीक्षा, कक्षा १० का विद्यार्थीहरूका लागि अतिरिक्त कक्षा सञ्चालन तथा प्रविधिमैत्री डिजिटल शिक्षाको सुरुवात गरिने भएको छ।

विद्यार्थीहरूको व्यवहारिक तथा सीपमूलक शिक्षामा जोड दिन विद्यालयहरूमा “बुक फ्री डे” र “स्किल अफ फ्राइडे” कार्यक्रम सञ्चालन गरिने तथा उनीहरूको रुचिअनुसार सीप सिकाउन आवश्यक उन्नत सामग्रीको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

पूर्वाधार विकासतर्फ रङ्गशाला निर्माण, खेलकुद पूर्वाधार, सडक सञ्जाल विस्तार, सिँचाइ तथा खानेपानी आयोजनाहरूलाई विशेष प्राथमिकताका साथ कार्यान्वयन गरिने भएको छ। साथै सामाजिक न्याय, समावेशिता, महिला, ज्येष्ठ नागरिक तथा विपन्न वर्गको सीप विकास, स्वावलम्बन र सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

गाउँसभा समापनका अवसरमा अध्यक्ष शिव अधिकारी अविरल ले गाउँसभाको सफल आयोजनामा सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले पारित नीति तथा कार्यक्रम र आगामी बजेटको प्रभावकारी कार्यान्वयनमार्फत गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको गुणस्तर सुधार तथा नागरिकको जीवनस्तर उकास्न सबै पक्षको साथ, सहयोग र मार्गदर्शन आवश्यक रहेको बताउनुभयो।

Kakani Khabar add

सम्बन्धित खबर

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाण्डौले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।


न्यायाधीश आनन्दप्रसाद...

शान्ति बजारमा आगलागी, करीब ७० लाख रुपैयाँको धनसम्पत्ति क्षति

नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती लागेको आगलागीले करीब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । सोमबार राती करीब १० बजेको समयमा विपना घलेको घरमा आगलागी हुदाँ उहाँले सञ्चालन गर्दै आएको पसलमा रहेका सरसामाग्री...

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...

चालु आवको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा...

संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलायो

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि चैत १९ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व...

राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसदबाट पारित भएका आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संव...