Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तारकेश्वरमा जनप्रतिनिधि र कर्मचारीले बालबच्चा सामुदायिक विद्यालयमै पढाउनुपर्ने

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सरकारी सेवा एंव सुविधा लिनेले आफ्नो सन्तानलाई अनिर्वाय रुपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।

आज बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले गर्नु भएको प्रस्ताव सर्वसम्मत निर्णय भएसगैँ गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी सहित सरकारी सेवा सुविधा उपभोग गर्दै आएका व्यक्तिका सन्ततीले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने भएको हो ।

अध्यक्ष अधिकारीको प्रस्तावलाई गाउँकार्यपालिका बैठकले सर्वसम्मत पारित गरेसगैँ यो निर्णय चालु शैक्षिक सत्रदेखि नै कार्यान्वयनमा आउने भएको छ ।

कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै जनप्रतिनिधि, गाउँपालिका तथा मातहतका वडा कार्यालयका कर्मचारी, विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक तथा कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी लगायतले आफ्ना सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने भएको छ ।

गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित सर्वसम्मत रुपमा गरेको यस निर्णयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सहित सामुदायिक विद्यालय प्रतिको आकर्षण बृद्धि गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

अध्यक्ष अधिकारीका अनुसार शिक्षा सुधार अभियानलाई प्रभावकारी बनाउने गाउँपालिकाको रणनीति योजना अन्तरगत उहाँले नै प्रस्ताव पेश गरेर कार्यपालिकाबाट सर्वसम्मत निर्णय भएको हो ।

निर्णयको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका लागि अध्यक्ष अधिकारीले सम्बन्धित शाखालाई आवश्यक निर्देशन समेत दिनुभएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई शपथ गराउनुभएको हो । शाह आजै प्रधानमन्त्रीमा नियुक...

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न सहमति जनाएका छन् ।


महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्...

गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ । जलनका बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गएको छ ।


मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ११ बजेतिर ज्यान गएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक पव...

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (ब...

नुवाकोटको तारकेश्वरका ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार प्रदान, शिक्षक र विद्यालय पनि सम्मानित

नुवाकोट । एसइई परीक्षामा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाले जनही रु. ५० हजारसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा

काठमाडौँ । प्रधानमन्त्री राहत काेषमा अहिलेसम्म पाैने १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हज...