Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

तारकेश्वरमा सामाजिक सुरक्षा भत्तामा बार्षिक थप पाच हजार पालिकाले उपलब्ध गराउने

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल'ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको व्यवस्थाअनुरूप गाउँपालिकाभरिका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र टुहुरा र बालपोषण भत्ता पाउने लक्षित समूहका व्यक्तिहरूलाई खाईपाई आएको भत्ताका अतिरिक्त वार्षिक रु.५००० का दरले प्रोत्साहन तथा जीविकोपार्जन भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउन सामाजिक पञ्जीकरण शाखालाई निर्देशन दिनुभएको छ ।

अधिकांश वृद्ध आमाबुबाहरू गाउँमै रहनुहुने र उहाँहरूका सन्तति सहरी इलाकामा वा विदेशमा रहनुभएको हुँदा उहाँहरूको प्रोत्साहन र जीविकोपार्जनका लागि गाउँपालिकाका तर्फबाट चालु खर्च र अन्य शीर्षकमा हुने खर्चलाई मितव्ययी बनाई स्रोत जुटाएर अतिरिक्त भत्ताको व्यवस्था गर्न लागिएको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।

गाउँपालिकाभरि रहनुभएका लक्षित समूहका करिब २७०० जनाले यो प्रोत्साहन पत्ता प्राप्त गर्नुहुनेछ । यसबाट उहाँहरूको जीविकोपार्जनमा थप सहजताका साथै उत्साह थपिने विश्वास सहित यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यस कार्यक्रम मार्फत तारकेश्वर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता ग्रहण गर्दै आउनुभएका दुई हजार सातसय जना ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, टुहुरा र बालपोषणको लक्षित समूहका व्यक्तिहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन् । तारकेश्वर गाउँपालिकाको यस निर्णयले अहिले पाउदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकममा थप वार्षिक रु ५,००० प्रोत्साहन तथा जीविकोपार्जन भत्ता पाउने भएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न, विद्यार्थीका समस्या र सुझाव संकलन

नुवाकोट । विदुर नगरपालिका वडा नं ५, देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नं ३, ५ तथा वडा नं १२ को बिरेन्द्र माध्यमिक विद्यालयका प्रतिनिधि विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रम...

तारकेश्वर गाउँपालिकाको सबै वडामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सोमबारदेखि सुरु गरेको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधी तथा परामर्शसहितको ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ शुक्रबार...

चौतारागाउँदेखि आँपचौरसम्म 'एक घर एक धारा' सञ्चालन, नपुगेका बस्ती समेट्न १ करोड बजेट बिनियोजन

नुवाकोट । तारकेश्वर गाउपालिकाको 'गौरवको आयोजना'को रूपमा रहेको जोरघट्ट खानेपानी आयोजना अन्तर्गत चौतारागाउँ, सातदोबाटो, धैरिनी, आँपचौर लगायत गाउँमा 'एक घर एक धारा' निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 


गाउँपालिका अध्यक्ष शिव अ...

रास्वपा नुवाकोट सभापतिमा युवा नेता रामेश्वर गजुरेल अत्याधिक मतले बिजयी

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला कार्यसमितिको प्रथम अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएको छ। शनिबार बट्टारमा सम्पन्न निर्वाचन प्रक्रियाबाट आगामी पाँच वर्षे कार्यकालका लागि जिल्ला कार्यसमिति औपचारिक रूपमा गठन गरिएको ह...

बालेन शाहले शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि पर्सि शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।


शाहको सचिवालयकाअनुसार शुक्रवार दिउँस...

तारकेश्वरमा संघ सरकारको निर्णय प्रभावकारी भएन, बिदा र कार्यालय समय पहिलाकै कायम

नुवाकोट, वैशाख २१ । तारकेश्वर गाउँपालिकाले आइतबारको सार्वजनिक बिदा तथा बिहान ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।


गाउँपाल...